justnep single

आज निर्वाचन आयोग जाँदै प्रधानमन्त्री ओली 

admin

काठमाडौं, २७ माघ : प्रधानमन्त्री केपी शर्मा ओली घोषित चुनावको तयारी र नेकपा विवादलगायत विषयमा छलफल गर्न  मंगलबार निर्वाचन आयोग जाँदै छन् । प्रधानमन्त्री ओली मंगलबार आयोगमा उपस्थित हुने कार्यक्रम रहेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

यसअघि यही माघ १६ गते आयोगले नेकपाको ओली समूह र प्रचण्ड-नेपाल समूहलाई नेकपाभित्रको विवाद र चुनावको तयारीबारे छलफल गर्न बोलाएको थियो । मंगलबार प्रधानमन्त्री ओलीले आयोगमा गएर आफूहरु नै आधिकारिक नेकपा हो भनेर दाबी गर्ने र चुनावबारे पनि कुराकानी हुने उनको सचिवालयले जनाएको छ ।

नेकपाका दुवै समूहले आफूहरु नेकपाको आधिकारिक समूह भएको दाबी गर्दै आएका छन् । तर दुवै समूहले गरेको निर्णयलाई आयोगले अस्वीकार गरेको छ । त्यसलगत्तै प्रचण्ड-नेपाल समूहले आयोगमा आफ्नो आधिकारिकता पेस गरेको छ ।

प्रधानमन्त्री ओलीको सिफारिसमा गएको पुस ५ गएको राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी थिइन् । त्यसलगत्तै नेकपा दुई समूहमा विभाजित भएका छन् । दुवै समूहले एकले अर्को समूहलाई कारबाही गर्दै अघि बढिरहेका छन् । 

प्रतिक्रिया