justnep single

आज बढ्यो सुनचाँदीको मूल्य, कारोबार कतिमा ?

admin

काठमाडौं, २६ फागुन : बुधबार सुनको मूल्य वृद्धि भएको छ । मंगलबार तोलामा ८५ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार बढेर तोलामा ८६ हजार २०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजाबी सुन तोलामा ८५ हजार ७५० रुपैयाँमा कारोबार भएको छ । यसैबीच बुधबार चाँदीको मूल्य पनि वृद्धि भएको छ । मंगलबार तोलामा १२५५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबार बढेर १२७० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया