justnep single

आज रातिदेखि पानी पर्ने, यस्तो छ मौसम

admin

काठमाडौँ, माघ २२ : अहिले सुदूरपश्चिम र कर्णाली प्रदेशको मौसम आंशिक बदली भएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तराई भेगमा बाक्लो हुस्सु र कुहिरो लागेको महाशाखाका मौसमविद् मीन कुमार अर्यालले जानकारी दिए।

आज दिन भर देशभरको मौसम सफा रहने भए पनि पश्चिमी वायुको प्रभावका कारण रातीदेखि भने देशका विभिन्न स्थानमा वर्षा हुने संभावना छ । मौसमविद् अर्यालकाअनुसार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशको मौसम पूर्ण रुपमा बदली भई वर्षा हुनेछ। यी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात हुनेछ।

आज राति काठमाडौ उपत्यकामा पनि पानी पर्ने संभावना छ । भोलिदेखि देशै भरको मौसम पूर्ण बदली भई पानी पर्नेछ। उत्तर पश्चिम र अरब सागरबाट भित्रिएको पश्चिमी वायुको असर आज रातिदेखि देखिने र अवको कम्तिमा तीन देशभरको मौसम पूर्ण बदली भई वर्षा र हिमपात हुने महाशाखाले पूर्वानुमान गरेको छ।

यस वर्ष देशका केहि स्थानमा छिटफुट पानी पर्नु बाहेक हिउँदे वर्षा हुन नसकिरहेको बेला आज रातिदेखि पानी पर्ने भएको हो। लामो समयदेखि वर्षा र हिमपात नहुँदा बालीनालीमा क्षति पुगेको छ। वायु प्रदुषण र सुख्खापन पनि बढको छ। केहि समयअघि पश्चिम र सुदूरपश्चिमका केहि ठाउँमा पानी परे पनि देशका अन्य भागमा पानी परेको छैन्।

प्रतिक्रिया