justnep single

आज ७३९ जना डिस्चार्ज, थप ६१३ जनामा संक्रमण

admin

काठमाडौं, ९ पुस : बिहीबार थप सात सय ३९ जना कोरोनामुक्त भएसँगै नेपालमा कोरोना भाइरस संक्रमणपछि निको हुनेको संख्या दुई लाख ४७ हजार चार सय पुगेको छ ।

यस्तै बितेको २४ घण्टामा ६ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालमा अहिलेसम्म दुई लाख ५६ हजार पाँच सय ९२ जनालाई कोरोना भाइरसको संक्रमण भएको छ ।

यसैगरी बितेको २४ घण्टामा पाँच जनाको ज्यान गएसँगै कोरोनाको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १८ सय आठ पुगेको छ । नेपालमा अहिले सक्रिय संक्रमितको संख्या सात हजार तीन सय ८४ रहेको छ ।

प्रतिक्रिया