justnep single

उत्तराखण्ड सरकारद्वारा एक दिने मुख्यमन्त्री बनिन्, १९ वर्षीया सृष्टि

admin

काठमाडौं, ११ माघ : भारतको हरिद्वार जिल्ला दौलतपुरकी १९ वर्षीया युवती सृष्टि गोस्वामीलाई उत्तराखण्ड सरकारले एक दिनका लागि मुख्यमन्त्री बनाएको छ । सृष्टिलाई २४ जनवरीका दिन (आज) आइतबार राष्ट्रिय बालिका दिवसको अवसरमा उत्तराखण्डको मुख्यमन्त्री बनाइएको हो ।

उत्तराखण्ड बालअधिकार संरक्षण आयोगकी अध्यक्ष उषा नेगीले सरकारले महिला सशक्तीकरणप्रति जाकरुकता फैलाउने उद्देश्यले उनलाई मुख्यन्त्री बनाएको बताएका छन् । आफूलाई एक दिने मुख्यमन्त्री बनाइएकोप्रति खुसी व्यक्त गर्दै सृष्टीले विशेषगरी बालिकाको सुरक्षासँग जोडिएका विषयप्रति केन्द्रीत भएर उत्तरखण्ड सरकारका अलग अलग विभागसँग छलफल गरिने बताएकी छिन् ।

यस अवसरमा विभागका अधिकारीहरुले आफ्नो कामबारे ब्रिफिङ र आफूले त्यस विषयमा सुझाव दिने कार्यक्रम रहेको सृष्टिले बताइन् । रुड्कीमा रहेको बीएसएम पीजी कलेजमा बीएस्सी एग्रीकल्चर पढिरहेकी सृष्टि एक दिनका लागि मुख्यमन्त्री बनेको खबर अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ ।

यसअघि सृष्टिलाई सन् २०१८ मा उत्तराखण्ड बाल विधानसभाको मुख्यमन्त्री चुनिएको थियो । उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावत पनि यो कार्यक्रममा सहभागी भएका छन् । उत्तराखण्ड विधानसभा भवनको एक सभाहलमा आयोजित यस कार्यक्रम भारतीय समयअनुसार मध्याह्न १२ बजेदेखि ३ बजेसम्म चल्ने छ ।

प्रतिक्रिया