उदित नारायणको खुलासाः २२ वर्षसम्म ध’म्कीमा बाँचे, डिप्रेशनमा आ’त्मह’त्या गर्ने समेत सोच आयो

रबि धिताल

उदित नारायणले भारतीय फिल्म उद्योगमा आफ्नो ४० वर्ष पूरा गरिसकेका छन् । सन् १९८० मा उनको पहिलो फिल्म ‘उन्नीस बीस’ आएको थियो । संगीत राजेश रोशनको थियो । लेखेका थिए अमित खन्नाले ।

त्यो गीत उदित नारायणले मोहम्मद रफीसँग गाएका थिए । उद्योगमा ४० वर्ष पूरा गरेको खुसीयालीमा उदित नारायणले आफ्नो युट्युब च्यानल सार्वजनिक गरेका छन् । ४० वर्षको यात्रामा उनले दुई पटक पद्म पुरस्कार प्राप्त गरे । ५ पटक उनले फिल्म फेयर अवार्ड पनि जिते । उनले ४० वटा भाषामा गीत गाएका छन् । यी सबै उपलब्धि उनले सजिलै हासिल भने गरेका होइनन् ।

एक भारतीय सञ्चार माध्यमसँगको कुराकानीमा उनले भने, ‘सन् १९८० देखि पहिलो काम पाउने संघर्ष अलग थियो । ६ देखि ७ व्यक्तिसँग मुम्बईमा एउटा कोठामा बस्थेँ । जुन सानो गाउँबाट आएको थिएँ त्यहाँ पिता किसान थिए ।

उहाँले डाक्टर, इन्जिनियर बन्नुपर्छ भन्नुहुन्थ्यो तर लगाव भिन्न थियो । संघर्षका दिनमा मानिसहरुले भन्ने गर्दथे कि यो त अब कुनै कामको छैन । आफूसँग क्षमता हुँदासमेत मुम्बईका ठूला गीत सङ्गीतकारको ढोका ढक्ढकाएँ । बल्लबल्ल पहिलो काम पाएँ । त्यसपछि सन् १९८८ मा ‘कयामत से कयामततक’ नामको फिल्म आयो, त्यसपछि पछाडि फर्केर हेरेको छैन ।’

पैसाका लागि ध’म्कीयुक्त फोन आउँथ्योः
सन् १९९८ मा ‘कुछ कुछ होता हे’ बाट सफलता पाएपनि एउटा भिन्न संघर्ष सुरु भयो । लगातार धम्की आउन थाल्यो । ‘धेरै हावामा उडिस्’ भनिन्थ्यो । पैसाका लागि फोन आउन सुरु भयो ।

कामसमेत छोडिदिन भनियो । एउटा समूह थियो जसले मेरो नामको सुपारी दिएको थियो, जो मेरा कामका लागि असुरक्षित महसुस गरिरहेका थिए । यस्तो अवस्थामा मुम्बई क्राइम ब्रान्चले मलाई लगातार सहयोग गर्यो ।

सुरुमा सन् १९९८ मा तत्कालीन पुलिस कमिश्नर एम एन सिंहले मलाई दुई प्रहरी अधिकारी दिए । पछि जब राकेश मारिया आए उनले पनि सतर्क रहन भने । उनले पनि मलाई सुरक्षा प्रदान गरे । यो सबै कुरा प्रहरीको दस्तावेजमा रेकर्ड छ ।’

२०१९ सम्म पाए ध’म्कीः
एक समय लखनउबाट मेरो नामको सुपारी लिएका केही मानिस आएका थिए । त्यतिबेला प्र’हरीले स्थिती नियन्त्रणमा लियो । अर्को एक पटक पनि ममाथि हमला गर्ने तयारी भएको थियो । मैले सन् १९९८ देखि २०१९ सम्म ध’म्कीयुक्त फोन पाएँ । कतिपटक त ह’त्या गरिदिने धम्की पनि पाउने गर्थेँ । गा’ली गलौज त हरेक फोनमा पाउँथे ।’

२२ वर्षसम्म डरमा नै बित्यो जीवनः
उनले भने, ‘मैले ‘भाइ, त्यस्तो केही होइन, खासै राम्रो कमाई छैन, एउटा गीतमा १५ देखि २० हजार भारु कमाउँछु’ भनेर सम्झाउनु पर्दथ्यो । तर कसैले सुनेनन् । लगातार २२ वर्ष मैले धम्की सुनेर बिताएँ । ’

थुप्रै पटक डिप्रेशनमा गएँः
ध’म्की दिनेहरुको मुख्य उद्देश्य मलाई तनाव दिनु थियो । मैले आफ्नो राम्रो गर्न नसकोस् भनेर उनीहरुले मलाई तनाव दिने गर्दथे । सुरुसुरुमा मलाई पक्कै पनि ड’र लाग्थ्यो । थुप्रै रात ननिदाइकनै बित्थे । कतिपटक डिप्रेशनमा गएँ । आ’त्मह’त्यासम्मको विचार आयो, तर एक सैनिकले झैं डटिरहेँ ।’

‘जीवन सजिलो त छैन । समस्याको समाधान कहिले निडर भएर गरेँ कहिले नरम भएर । प्रहरीबाट पनि सहयोग पाइरहेँ पहिलो चरणमा सन् १९९८ देखि सन् २००२ सम्म मसँग दुई मेसिन गनधारी प्रहरी अधिकारी सँगै रहन्थे । ’

-एजेन्सी

प्रतिक्रिया