एउटै खोरका ६ हजार बढी कुखुरा स’खा’प

admin

चितवन : चितवनको केसरबागमा ‘एभियन इन्फ्लूएन्जा एच ९’ को सं’क्रम’णबाट एउटै खोरका ६ हजार बढी कुखुरा मरेका छन्। भरतपुर-६ स्थित खगराज पाठकको खोरमा रहेका कुखुरा आइतबारदेखि म’र्न थालेका थिए।

काठमाडौंस्थित केन्द्रीय पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा कुखुरामा एभियन इन्फ्लूएन्जा–एच ९ भाइरसको सं’क्रमण देखिएको हो।

भरतपुरस्थित राष्ट्रिय पंक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा शंकास्पद देखिएपछि पिसिआर परीक्षणका लागि काठमाडौं पठाइएको थियो। ‘केन्द्रीय प्रयोगशालाबाट आधिकारिक रिपोर्ट सोमबार मात्रै आइपुग्यो’, भरतपुरस्थित राष्ट्रिय पंक्षी रोग अन्वेषण प्रयोगशालाका सूचना अधिकारी पशु चिकित्सक इन्दुराय यादवले भने, ‘एच ९ भाइरसको संक्रमण पुष्टि भएका कारण सतर्कता अपनाउनुपर्ने अवस्था देखिएको छ।’

करिब १० वर्षदेखि लेयर्स कुखुरा पाल्दै आएका पाठकको खोरमा रहेका ८ हजार ५ सय कुखुरामध्ये ६ हजार भन्दा बढी मरिसकेका छन् भने बाँकी रहेका कुखुरा पनि बिरामी छन्। उक्त पोल्ट्री फार्म वरपर धेरै चराहरू पनि म’रेका भेटिएको पाठकले बताए।

‘नामै नजानेका नयाँ चराहरू पनि म’रेको भेटिएको छ, बकुल्लाहरू पनि म’रेका छन्’, पाठकले भने, ‘ख’त’राको अवस्था आयो।’ कुखुरा भटाभट म’र्न थालेपछि पाठकले स्थानीय तह तथा सरोकारवाला संस्थाहरूलाई खबर गरेका थिए।

सोमबार बिहान खोर नजिकै खाल्डो खनेर म’रेका कुखुराहरू गाडिएको उनले बताए। ‘करिब ६ महिना अघिका चल्ला हुर्किएर अण्डा पार्न थालेका थिए’, उनले भने, ‘सबै म’रेर सकिने भए।’ उनले कुखुरा म’र्दा करिब एक करोड रुपैयाँ घाटा भएको बताए।

प्रयोगशालाले एस ९ भाइरसको संक्रमण पुष्टि गरे पनि पोल्ट्री व्यवसायीहरूले भने बर्ड फ्लुका कारण कुखुरा मरेको दाबी गर्दै रिपोर्ट लुकाउने प्रयास गरिएको आ’रोप लगाएका छन्। बर्ड फ्लु(एच ५) पंक्षीबाट मान्छेमा पनि सर्ने ख’तरा’नक भाइरस हो। तर एच ९ भने मान्छेमा सर्दैन।

पंक्षीबाट पंक्षीमा भने बर्ड फ्लु सरह नै फैलन्छ। यो भाइरसको संक्रमणले कुखुराले अण्डा कम पार्ने, कुखुरा झोक्राउने, घ्यार–घ्यार गर्ने समस्या देखिन्छ। अनि बिस्तारै कुखुरा म’र्न थाल्छन्। अहिलेसम्म यो भाइरसको औषधि पत्ता लागेको छैन। ‘कुखुराको रोग प्रतिरोधात्मक क्षमता बढाउने एक मात्र उपाय हो’, पशु चिकित्सक यादवले भने।

बर्ड फ्लु लाग्यो भने अन्यत्र रोग नफैलियोस् भनेर सरकारले निश्चित क्षेत्रका कुखुरा र घरमा पालेका चरा सरकारले नष्ट गर्छ, सो बापतको राहत सरकारले उपलब्ध गराउँछ। तर अन्य रोगका लागि त्यस्तो व्यवस्था गरिएको छैन।

भरतपुरस्थित भेटनरी अस्पताल तथा पशुरोग विज्ञ केन्द्रका प्रमुख डाक्टर दयाराम चापागाईंकाअनुसार एभियन इन्फ्लूएन्जाको एच ९ भाइरस पंक्षीमा लाग्ने ख’त’रनाक रोगहरू मध्येको एक हो। यस भाइरसको संक्रमणबाट विगतमा पोल्ट्री व्यवसायले ठूलो क्ष’ति व्यहोरेको छ।

प्रतिक्रिया