justnep single

एचआइभी एड्‌सबाट १६ वर्षीया किशोरीको मृ’त्यु

राष्ट्रिय समाचार समिति

सप्तरी : राजविराजमा आइतबार साँझ एचआइभी एड्‌सबाट एक किशोरीको मृ’त्यु भएको छ। राजविराज नगरपालिका-१ चनौरा निवासी १६ वर्षीया अमैया धामीको स्थानीय गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारका क्रममा मृ’त्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रञ्जित झाले जानकारी दिए।

एचआइभी एड्‌सको लक्षण देखिएका किशोरीलाई स्वास्थ्य अवस्था ग’म्भीर बन्दै गएपछि दुई साताअघि गजेन्द्र नारायण सिंह अस्पतालमा भर्ना गरिएको थियो। नौ वर्षअघि एचआइभी एड्‌सबाट बाबुआमा गुमाएकी छोरीको समेत सोही कारणले मृ’त्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा झाले बताए।

उनका अनुसार विसं २०६८ वैशाख १ गते एचआइभी एड्‌सबाट आमाको मृ’त्यु भएको तीन दिनपछि बुबाको समेत सोही कारणले मृ’त्यु भएको थियो। मृ’तक अमैयाका १२ वर्षीय भाइसमेत एचआइभी एड्‌सबाट पीत भडिएको र नियमित औषधि खाने गरेको पारिवारिक स्रोतले जनाएको छ।

प्रतिक्रिया