एमसीएले अधिग्रहण गरेको जग्गा कब्जाबारे एमसीएको विज्ञप्ति झुठो रहेको भन्दै आपत्ति

admin

काठमाडौं, ३२ साउन : एमसीसीका लागि एमसीए नेपालले अधिग्रहण गरेको नुवाकोट जिल्ला बेलकोटगढी न पा वडा नं. ७ को ३९८ रोपनी जमीन उन्नत लोकतन्त्र पार्टी र स्वतन्त्र राष्ट्रिय अभियानद्वारा स्थानीय एमसीसी पीडित नागरिकले राष्ट्रिय झण्डा गाडेर नियन्त्रणमा लिएको विषयमा आइतबार एमसीए नेपालले विज्ञप्ति जारी गर्दै सो अधिग्रहण एमसीसीका लागि नगरिएको र कानुन बमोजिम अधिग्रहण गरेको भनिएमोमा उन्नत लोकतन्त्र पार्टी र स्वतन्त्र राष्ट्रिय अभियानले पुनः संयुक्त पत्रकार सम्मेलन गर्दै एमसीए नेपालले उल्टो भ्रम सिर्जना गरेको बताएको छ ।

आज अनामनगरस्थित पार्टीको केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै एमसीए नेपालले जमीन अधिग्रहण गरेको एमसीसीका लागि नभएको तथ्य भ्रामक रहेको र एमसीसीको बुँदा नं. ३ को १ को खण्ड (ख) अनुसार एमसीए नेपाल गठन गरी सोही एमसीएले एमसीसीका सम्पूर्ण काम गर्ने उल्लेख गरिए अनुसार सो जमीन जनतालाई झुक्याएर अधिग्रहणको नाममा कब्जा गरिएकोमा आफूहरुले जनताका लागि नियन्त्रण गरिएको बताइएको थियो ।

शनिबार साँझदेखि सो स्थानको दृश्य तस्वीर सहित समाचारहरु आउन थालेपछि एमसीए नेपालले विज्ञप्ति जारी गरेको थियो । अधिवक्ता समेत रहेका पार्टी अध्यक्ष स्वागत नेपालले नेपाल सरकारले एमसीसी सम्झौताको सोही बुँदा नं. ३ को १ को ख बमोजिम राजपत्रमै सूचना प्रकाशित गरेर गठन आदेश बमोजिम एमसीसीको उद्देश्य पुरा गर्न एमसीए नेपाल गठन गरिने छ भनेकोले र सोही एमसीएले जमीन अधिग्रहण गरेको हुँदा एमसीसीका लागि अधिग्रहण गरिएको भन्न नमिल्ने बताए ।

त्यसैगरी स्वतन्त्र राष्ट्रि अभियानका केन्द्रीय अनुशासन विभाग इञ्चार्ज अधिवक्ता कृष्ण प्रसाईँले डर, धाक धम्की र प्रलोभनमा पारी अनुचित प्रभावबाट एमसीसीका लागि हो भने जमीन अधिग्रहणका लागि दिन तयार नरहेका व्यक्तिहरुबाट जमीन अधिग्रहण गरिनु गैर कानुनी भएको बताए ।

पत्रकार सम्मेलनमा उक्त स्थानमा बेलकोटगढीमा एमसीसीको कुनै पनि संरचना निर्माण गरिए ध्वस्त बनाउन प्रतिकारका लागि ५०१ सदस्यीय प्रतिकार समिति गठन गरिएको जानकारी दिइएको थियो । कार्यक्रममा प्रतिकार समितिका अध्यक्ष तथा सोही स्थानका वासिन्दा राममणि नेपालले उक्त स्थानमा कुनै पनि संरचना निर्माण गरिएमा ध्वस्त बनाउने चेतावनी दिए । उनले आफूहरुलाई एमसीसीका समर्थक, कर्मचारी, जनप्रतिनिधी लगायतले डर धाक धम्की आदि दिने गरेको बताए ।

कार्यक्रममा विपरित प्रेस विज्ञप्ति यस प्रकार छ :

प्रेस विज्ञप्ती
मिति २०७८-०४-३२
अधिग्रहणको नाममा एमसीएले कब्जा गरेको जमीन जनताको नियन्त्रणमा लिइएपछि एमसीएले जारी गरेको विज्ञप्तीबारे वास्तविकता
नुवाकोटको बेलकोटगढी नपा वडा नं ७ रातमाटे लगायत ननटार महादेवफाँटमा एमसीसीका लागि अधिग्रहण गरिएको ३९८ रोपनी जग्गामा उन्नत लोकतन्त्र पार्टी ९एडीपि० र स्वतन्त्र राष्ट्रिय अभियान नेपालद्वारा २०७८ साउन ३० गते शनिबार दिनभर प्रदर्शन पश्चात राष्ट्रिय झण्डा गाडेर जनताको नियन्त्रणमा लिइएको छ ।

उक्त स्थानमा हालसम्म ३ पटकको स्थलगत भ्रमण र अध्ययन तथा स्थानीय जमीन अधिग्रहणमा परेका परिवारहरुसँग बुझिएको पीडाबाट उक्त जग्गा विभिन्न डर धाक धम्की र प्रलोभन समेतबाट एमसीसीको परियोजनाका लागि अधिग्रहण गरिएको तथ्यलाई लुकाएर स्थानीयबाट कानुनी प्रक्रिया पुर्याएको देखाई जालझेलबाट हड्पिएको पाइएको छ ।

प्रत्यक्ष रुपमा पुगेको समयमा त्यसरी जमीन गुमाउनु परेका परिवारले आफूहरु देशघाती एमसीसीको विरुद्ध रहेको र झुक्यानमा पारी जमीन हड्पिएकोले रुँदैरुँदै सो जमीन आफूहरुले छोड्न नसक्ने सार्वजनिक रुपमा बताउनु भएको हामीसँग अडियो भिडियोहरु प्रमाणका रुपमा रहेको सञ्चार माध्यमहरुमार्फत सार्वजनिक पनि भइसकेका छन् ।

सो स्थानमा एमसीसी प्रतिकारका लागि र एमसीसी सम्बन्धी कुनै पनि संरचना निर्माण गरी कार्य गर्न शुरुदेखि नै नदिन तथा गरेमा तत्काल भौतिक रुपमै प्रत्यक्ष प्रतिकार गरी असफल बनाउन ५०१ सदस्यीय एमसीसी प्रतिकार समिति गठन गरिएको छ। सो समितिले प्रत्यक्ष रुपमा प्रतिकार गरी एमसीसीलाई असफल गराउन सो क्षेत्रमा प्रवेश गर्न दिने छैन । जबरजस्ती गरेमा सोबाट उत्पन्न हुने सबै प्रकारका क्षतिको जिम्मेवारी जबरजस्ती गर्ने पक्षले नै लिनु पर्ने चेतावनी समेत दिन चाहन्छौं ।

यसैवीच उन्नत लोकतन्त्र पार्टी र स्वतन्त्र राष्ट्रिय अभियानद्वारा राष्ट्रिय झण्डा गाडेर जनता आफैँले नियन्त्रणमा लिएपश्चात एमसीसीको कार्यान्वयनका लागि गठित एमसीए नेपालले हिजो एक विज्ञप्ती जारी गरी अझ भ्रम सिर्जना गर्न खोजेको छ ।

सोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । उसले सो जमीन अधिग्रहणसँग एमसीसीको कुनै सम्बन्ध नभएको भनेको छ । तर एमसिसि सम्झौताको दफा ३।२ को ९ख० मा एमसीसी लागू गर्न एउटा गठन आदेशद्वारा समिति गठन गर्ने भन्ने उल्लेख छ । सोही व्यवस्था अनुसार एमसीसीलाई चाहिँ नेपालको कानुन मानेर संसदलाई छलेर मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति ९एमसीए०गठन गरिएको हो भन्ने सोही दस्तावेजबाट पुष्टि हुन्छ ।

एमसीसी कार्यान्वय गर्न सरकार र संसदसँग समेत सम्बन्ध नराखी एमसीएलाई प्रयोग गरेर इन्डोअमेरिकन रणनीति लागू गर्ने एमसीएको एमसीसीसँग सम्बन्ध छैन भन्नु अर्को भ्रम हो । एमसीएले कानुन बमोजिम अधिग्रहण गरेको भनिएको अनुचित प्रभावबाट कब्जा गरेको उक्त लगायत देशभरका सबै जमीनमा एमसीसी सम्बद्ध कुनै पनि संरचना निर्माण गर्न र कसैलाई प्रवेश गर्न पूर्ण रुपमा दिइने छैन ।

हामी नेपाल आमाका लागि आफ्नो ज्यान दिन पनि तयार छौं । एमसीसी लागू भएपछि अधिग्रहण गरिएका क्षेत्रका गाउँघरका चेलीबेटीहरु एमसीसी सम्बद्ध कुनै पनि विदेशीले समेत बलात्कार गरे पनि अथवा नागरिक वा सरकारी कर्मचारी, प्रहरी, सैनिक, पत्रकार, वकील, न्यायाधीस, राष्ट्रपति प्रधानमन्त्रीको समेत हत्या नै गरे पनि नेपालमा मुद्दा नचल्ने व्यवस्था सहितको एमसीसी लागू गर्न भनी राजपत्रमै सूचना प्रकाशित गरेर गठन गरिएको एमसीए नेपाल नै एमसीसीको खास कार्यान्वयन गर्ने देशघाती विदेशी एजेन्ट अंग हो ।

हामीले भन्दै आएको उसले अधिग्रहणका नाममा नेपालको जमीन कब्जा गरेको तथ्य उसले जारी गरेको विज्ञप्तीले पनि पुष्टि गरेको छ । हामीले उसले कब्जा गरेको जमीन जनताको नियन्त्रणमा मात्र लिएका हौं ।

हामीले एमसीसी कार्यान्वयनका लागि देशभर अधिग्रहण गरिएका सबै स्थानमा भौतिक रुपमै विफल बनाउन आफ्नो ज्यानको बलिदानी दिएर पनि जनताको नियन्त्रणमा लिने छौं र एमसीसी विफल बनाउने छौं । त्यसैले नेपाली सेना, प्रहरी, ससस्त्र प्रहरी बल, सम्पूर्ण पार्टीहरु, नागरिक समाज, सञ्चार माध्यमहरु समेतलाई यस आन्दोलन र प्रतिकारमा एकताबद्ध हुन हामी गम्भीरतापूर्वक अनुरोध गर्दछौं ।

यो अनुरोध गरिरहनु पर्ने विषय होइन, कर्तव्य निर्वाह गर्नु पर्ने विषय हो । कर्तव्य निर्वाह नगर्नेहरुका हकमा परिणाम पनि राम्रो नहुने शिक्षा हाम्रा धर्मशास्त्रहरुले दिएका छन् । त्यसैले पुनः सबैमा एकताबद्ध हुन आग्रह गर्दै एमसीसीलाई विफल बनाउन आह्वान गर्दछौं ।
अध्यक्ष
स्वागत नेपाल

प्रतिक्रिया