एमालेका १२ जना सांसद एकीकृत समाजवादीमा लागेसँगै मुख्यमन्त्री शाक्य अल्पमतमा

admin

मकवानपुर, १५ भाद्र : वाग्मती प्रदेश सभाका १२ सदस्यले एमाले छाडेर माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् । १२ जना प्रदेश सभा सदस्यले मंगलबार प्रदेश निर्वाचन कार्यालय हेटौँडामा पुगेर एकीकृत समाजवादीको नाममा सनाखत गरेको भक्तपुरका प्रदेश सभा सदस्य राजेन्द्रमान श्रेष्ठले जानकारी दिएका छन् ।

निर्वाचन आयोगले यही भदौ २२ गतेसम्म दल रोज्न पाउने निर्णय गरेको छ । वाग्मतीमा १२ जना एमालेका सदस्य एकीकृत समाजवादीमा लागेसँगै मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परेकी छिन् । उनले अब एक महिनाभित्र विश्वासको मत लिनुपर्नेछ ।

एक सय १० सदस्यीय प्रदेश सभामा ५६ सांसद रहेको एमालेसँग अब जम्मा ४४ जना मात्रै सदस्य रहेकाले मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परेकी हुन् । गएको भदौ १ गते अष्टलक्ष्मी शाक्य वाग्मती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएकी थिइन् ।

प्रतिक्रिया