काठमाडौं, ७ चैत : नेकपा एमालेले बैशाख ९ गतेको दिन मदननगर बल्खुमा पार्टी कार्यालयको शिलान्यास गर्ने भएको छ । पार्टीको बालुवाटारमा जारी केन्द्रीय समिति वैठकले सो निर्णय गरेको हो ।
पार्टी कार्यालयको शिलान्यासको व्यवस्थापन महासचिव ईश्वर पोखरेलको नेतृत्वमा सचिवालयले गर्ने छ । वैठकले पार्टीको स्थायी कमिटीको पुनर्गठनका लागि अध्यक्ष र महासचिवलाई जिम्मेवारी दिएको छ ।