काठमाडौं, ७ पुस : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले महाधिवेशन आयोजक समिति गठन गरेका छन् ।
आफ्नो सरकारी निवासमा मंगलबार बोलाएको केन्द्रीय समितिको बैठकबाट ११९९ सदस्य आयोजक समिति गठन गरेको बैठकमा सहभागी एक नेताले बताए । यसअघि बसेको स्थायी कमिटीको बैठकले चैतमा महाधिवेशन गर्ने निर्णय गरिसकेको छ ।