कमल थापाकाे व्यंग्य- ‘अरूलाई ख्वाउन पालेको बाघले एकदिन आफैलाई खानसक्छ’

admin

काठमाडाैँ, ११ पुस : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले विभाजित नेकपा (प्रचण्ड-नेपाल समूह)का अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालप्रति कटाक्ष गरेका छन् ।

विघटित संसद पुनर्स्थापनाको माग गर्दै चिसाे सडकमा बसेर धर्ना दिएका अध्यक्षद्वय दाहाल-नेपालप्रति व्यंग्य गर्दै ‘अरूलाई ख्वाउन पालेको बाघले एकदिन आफैँलाई खानसक्ने’ बताएका हुन् ।शनिबार बिहान ट्विट गर्दै थापाले लेखेका छन्- ‘२०६३ सालपछि कांग्रेस कम्युनिष्टले न्यायपालिका लगायत सम्पूर्ण राज्य संयन्त्रमा भागवण्डा गरेर पार्टी निकट व्यक्तिहरू भर्ती गरेका छन्। त्यसैले अपवाद बाहेक न्याय दुर्लभ भएको छ। अरूलाई ख्वाउन पालेको बाघले एकदिन आफैँलाई खानसक्छ भने चेतना सडकको चिसो भुइँमा बसेका प्रचण्ड/नेपाललाई भएकै होला।

उनले विगतमा राप्रपा विभाजनकाे घटनासँग प्रचण्डलाइ जाेडेर समेत अर्काे ट्विट गरेका छन् । उनले लेखेका छन्, ‘पार्टी वैधानिकताको दाबी गर्दै निर्वाचन आयोगमा प्रचण्डले निवेदन दिँदैगर्दा म राप्रपा विभाजनको घटना सम्झिरहेको छु ।

तत्कालिन प्रम प्रचण्डको प्रत्यक्ष दवाव/प्रभावमा त्यसवेला विना सनाखत कानुन विपरित आयोगले राप्रपा विभाजन घोषणा गरेको थियो। प्रचण्डले त्यही नियति भोग्नु नपरोस।मेरो शुभकामना।’

प्रतिक्रिया