justnep single

कर्णाली प्रदेशका मुख्य सचिवद्वारा मानव अधिकार आयाेगकाे टाेलीमाथि दुर्व्यवहार

admin

सुर्खेत : कर्णाली प्रदेशका मुख्य सचिव चन्द्रमान श्रेष्ठले खेतीयोग्य जमिन र सुरक्षित आवासको माग गर्दै आन्दोलनमा रहेका बादी समुदायको बारेमा छलफल गर्न गएको मानव अधिकारको टोलीलाई दुर्व्यवहार गर्नुभएको छ । मुख्य सचिव श्रेष्ठले राष्ट्रिय मानव अधिकारसहितको टोलीलाई आफ्नै कार्यकक्षमा दुर्व्यवहार गर्नुभएको हो ।

राष्ट्रिय मानव अधिकार आयोग नेपालगञ्जका प्रमुख झंकर रावलले मुख्य सचिव श्रेष्ठले बादी समुदायको विषयमा छलफल गर्ने क्रममा विवाद भएको बताउनुभयो । सामाजिक विकास मन्त्रालयका सचिव लोकनाथ पौड्यालले पनि दुर्व्यवहार गरेको जानकारी दिनुभयो ।

‘हामीले मुख्यमन्त्रीसँग भेट गर्ने कार्यक्रम थियो तर उहाँको कार्य व्यस्तताले भेट भएन । त्यसपछि हामीले मुख्य सचिव र सामाजिक विकास मन्त्रालयका सचिवसँग समय मागेर भेटेका हौँ’, उहाँले भन्नुभयो, ‘मुख्य सचिवले कार्यक्षेत्र अधिकारभित्रको कुरा पर्दैन, थाहा छैन भनेर गैरजिम्मेवार कुरा गर्नुभयो । हामीले यही अगाडि हुँदा थाहा छैन ? भन्न मिल्दैन ? भनेपछि उहाँको व्यवहार राम्रो भएन । प्र’हरीको बल लगाएर हामीलाई दुर्व्यवहार गरियो ।’

आफूहरू कर्तव्यको पालना गर्न गएको राष्ट्रिय मानव अधिकार आयोग नेपालगञ्जका प्रमुख झंकर रावलले बताउनुभयो । सरकारलाई नै सहयोग र सहजीकरण गर्न गएको उहाँको भनाइ छ । घ’टनाको विषयमा केन्द्रमा जानकारी गराएको उहाँले जानकारी दिनुभयो । बादी समुदायको मागमा प्रदेश सरकार उदासिन भएको उहाँले जानकारी दिनुभयो ।

यता मुख्य सचिव श्रेष्ठले आफूहरूले दुर्व्यवहार नगरेको दाबी गर्नुभयो । उहाँले मानव अधिकारको टोलीले मुख्यमन्त्रीसँग भेट गर्न नपाएको रिसमा आरोप लगाएको जानकारी दिनुभयो ।

प्रतिक्रिया