काठमाडौं, कात्तिक १८ : नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कार्यालय र जिल्ला कार्यालयहरुमा तीन दिन पार्टीको झन्डा आधा झुकाउने भएको छ । मंगलबार बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले प्रतिनिधिसभा सांसदसमेत रहनुभएका पार्टीका केन्द्रीय सदस्य सूर्यबहादुर केसीको नि’धनमा शो’क व्यक्त गर्दै पार्टीको झन्डा आधा झुकाउने निर्णय गरेको हो ।
कांग्रेस नेता पूर्णबहादुर खड्काले यही कात्तिक १८, १९ र २० गते पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयमा पार्टीको झन्डा आधा झुकाउने निर्णय भएको बताउनुभयो ।
यस्तै, १९ गते सबै कार्यालहरु बन्द गर्ने र केसीको निधनको १३ दिनसम्म शोक पुस्तिका राख्ने निर्णय पनि बैठकले गरेको उहाँले बताउनुभयो । पोखरा महानगरपालिका–७, कास्कीका केसीको सोमबार राति नि’धन भएको थियो ।