justnep single

कांग्रेस नेता शेखर कोइरालाद्वारा संवैधानिक संकटबारे कानुनविद्सँग छलफल

admin

काठमाडौं, ७ पुस : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रतिनिधिसभा विघटनका सर्दभमा वरिष्ठ कानुनविदसँग छलफल गरेका छन् । प्रतिनिधिसभा विघटनपछि देशमा उत्पन्न संवैधानिक संकटबारे मंगलबार बिहान नेता कोइरालाले पार्टीका केही केन्द्रीय सदस्यहरुका साथमा वरिष्ठ कानुनविदहरूसँग छलफल गरेका हुन् ।

कानुनविदले प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक बाटो बिराएकाले कांग्रेस सजक हुनेपर्ने बताएका छन् । पार्टीको केन्द्रीय समिति बैठकअघि नेता कोइरालाले केहि केन्द्रीय सदस्य र कानुन विदसँग छलफल गरेका थिए ।

उक्त छलफलमा कांग्रेस केन्द्रीय सदस्यहरु- दिपक गिरी, रामकृष्ण यादव, गगन थापा, बद्री पाण्डे र जिवन परियार तथा कानुनबिदहरू- राधेश्याम अधिकारी, शेरबहादुर केसी, उपेन्द्रकेशरी न्यौपाने, महादेव यादव, बसन्तराम भण्डारी, डा. भिमार्जुन आचार्य, रामकृष्ण तिमल्सिना, योगेन्द्र अधिकारी, सुनील पोख्रेल र एकराज पोख्रेल सहभागी थिए । कांग्रेस केन्द्रीय कार्यसमिति बैठक मंगलबार बस्दैछ ।

प्रतिक्रिया