कांग्रेस लोकतन्त्र र समाजवादलाई बलियो बनाउन प्रतिबद्ध छ : प्रधानमन्त्री देउवा

admin

काठमाडौं, ७ असोज : प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस लोकतन्त्र र समाजवादलाई बलियो बनाउन सधैँ प्रतिबद्ध रहेको बताएका छन् । पर्वतको कुश्मा बजारमा रहेको वीपी स्मृति भवनको बिहीबार भर्चुअल (जूम) माध्यमबाट उद्घाटन गर्दै उनले पार्टीको महाधिवेशनले आन्तरिक लोकतन्त्र र समाजवादलाई बलियो बनाउने बताएका हुन् ।

सभापति देउवाले अहिले देशभर पार्टी कार्यालय भवन निर्माण हुने क्रममा वृद्धि भएको उल्लेख गर्दै यसले पार्टीको संस्थागत विकासमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे । कार्यक्रममा वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिस्ट शक्ति विभाजन गरेर कांग्रेस ठूलो हुने नसोच्न कार्यकर्तालाई आग्रह गरे । विसं २०६६ कात्तिक ११ गते शिलान्यास गरिएको यो भवन झण्डै १२ वर्षमा सम्पन्न भएको छ ।

यो भवन एक करोड ४७ लाख रुपैयाँको लागतमा निर्माण भएको हो । उक्त भवन निर्माणका लागि विभिन्न सङ्घ संस्था, व्यक्ति तथा शुभेच्छुकसँग रकम सङ्कलन गरिएको छ । सङ्कलित रकममध्ये ६५ लाख रुपैयाँ बचत भएको र यसलाई अक्षय कोषमा राखिने छ ।

प्रतिक्रिया