justnep single

काठमाडौंका पाँच स्थानमा ‘जरुंहिति’, अब पाँच रुपैयाँमा एक लिटर पानी

admin

काठमाडौं : काठमाडौं महानगरपालिकाले काठमाडौंका पाँच स्थानमा ‘जरुंहिति’ को स्थापना गरिएको छ । बिहीबार रत्नपार्क, स्वयम्भू र बाइसधारामा यसको ‘जरुंहिति’ भनिने वाटर एटीएमको स्थापना गरिएको हो ।

काठमाडौं महानगरपालिका र काठमाडौं उपत्याका खानेपानी व्यवस्थापन बोर्ढको सहकार्यमा स्थापित ‘जरुंहिति’को खानेपानी मन्त्री मणिचन्द्र थापाले उद्घाटन गर्नुभयो ।

उद्घाटनपछि उहाँले यस्ता ‘जरुंहिति’ पहिलो चरणमा उपत्यकाका १५ स्थानमा सञ्चालन गरिने बताउनुभयो । यस्तै उहाँले बिस्तारै यो कार्यलाई मुलुकभरीकै सहरमा लागू गरिने जानकारी दिनुभयो ।

पहिला काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ‘जरुंहिति’ रहेको र ती धारामा बटुवाहरुले पानीको प्यास मेटाउने गरेको गरेको इतिहाससँग जोडेर अभियानलाई ‘जरुंहिति’ नामाकरण गरिएको महानगरपालिकाले जनाएको छ ।

महानगरपालिकाको सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले अब पाँच रुपैयाँमा एक लिटर पानी पिउन सकिने बताउनुभयो । उहाँले बिहीबार तीन स्थानमा उद्घाटन भएको जानकारी दिँदै नयाँ बानेश्वर र शंखधर पार्कमा पनि छिट्टै सञ्चालनम आउने जानकारी दिनुभयो ।

प्रतिक्रिया