justnep single

काठमाण्डौसहित देशका केही ठाउँहरुमा मेघगर्जनसहित पानी पर्ने

admin

काठमाडौं, १८ बैशाख : आज पनि बेलुकीपख काठमाण्डौ उपत्यकासहित देशका केही ठाउँहरुमा मेघगर्जनसहित पानी पर्ने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले प्रदेश-१ र सुदूरपश्चिमका केही ठाउँहरुमा मौसम बद्ली भइ चट्याङ्ग परिरहेको छ ।

आज दिनभरजसो नै देशभर आंशिकदेखि सामान्य बद्ली रहनेछ । बेलुकीपख भने काठमाण्डौ उपत्यकासहित पहाडी र तराईका केही थोरै ठाउँहरुमा मेघगर्जन/चट्याङ्ग/हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्गले बताउनुभयो ।

आज राति पनि प्रदेश-१ लगायत पहाडका केही ठाउँमा मेघगर्जन/चट्याङ्गसहित हल्का पानी पर्ने सम्भावना छ। आउँदो तीन दिनसम्म नै देशका पहाडी ठाउँहरुमा मौसम बद्ली भइ पानी पर्ने सम्भावना रहेको मौसमविद् प्रधानाङ्गले बताउनुभयो ।

प्रतिक्रिया