उपत्यकाका सम्पदा क्षेत्र खतरामुक्त सूचीमा

admin

काठमाडौं, २० साउन : विश्व सम्पदामा सूचीकृत काठमाडौं उपत्यकाका सम्पदालाई खतराको सूचीबाट हटाइएकोे छ । युनेस्कोको विश्व सम्पदा समितिका १४ देशको अडानका कारण खतराको सूचीबाट हटाइएको हो ।

युनेस्कोले सन् २०१५ देखि उपत्यकाको सम्पदा क्षेत्रलाई खतराको सूचीमा राखेको थियो । भूकम्पलगत्तै काठमाडौं उपत्यकाका सम्पदा खतराको सूचीमा परेका थिए ।

समितिको बैठकमा चीनसहितका १४ देशले खतराको सूचीमा रहेका उपत्यकाको सम्पदा पुर्ननिर्माण सन्तोषजनक देखिएकाले खतराको सूचीबाट हटाउनुपर्ने भनाइ राखेका पुरातत्व विभागले जनाएको छ ।

भूकम्पपछिको पुर्ननिर्माणका कारण नेपालको सम्पदा क्षेत्रको भौतिक प्रगति सन्तोषजनक देखिएको विभागका महानिर्देशक दामोदर गौतमले बताए ।

प्रतिक्रिया