काभ्रेमा कोरोना संक्रमित थप १ जनाको नि’धन, ६३ जना संक्रमित थपिए

रबि धिताल

काभ्रे, २२ कात्तिकः काभ्रेका कोरोना संक्रमित एक पुरुषको नि’धन भएको छ । बनेपा नगरपालिकाका ७७ बर्षीय पुरुषको नि’धन भएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । उहाँको उपचारको क्रममा धुलिखेल अस्पतालमा नि’धन भएको हो । योसँगै जिल्लामा कोरोना भाइरसबाट नि’धन हुनेको संख्या २५ पुगेको छ ।

यसैबीच आज एकैदिन ६३ जना कोरोना संक्रमित थपिएका छन् । थपिनेमा सबैभन्दा बढी बनेपा नगरपालिका १६ जना पुरुष र १५ जना महिला रहेका छन् । त्यस्तै पनौती नगरपालिकाका ६ जना पुरुष, ५ जना महिला र मण्डनदेउपुउर नगरपालिकाका ४ जना पुरुष र ३ जना महिला रहेका छन् । स्वास्थ्य कार्यालय काभ्रेका अनुसार नमोबुद्ध नगरपालिकाका ३ जना महिल, २ जना पुरुष र पाँचखाल नगरापलिकाका २ जना पुरुष र १ जना महिला संक्रमित भएका छन् ।

यो संख्या काभ्रेमा हालसम्म कोरोना सक्रभाइरसबाटमण हुनेको संख्या २०१४ पुगेको छ । जसमा १२ सय ५ जना पुरुष र ८ सय ९ जना महिला रहेका छन् । आज मात्रै १५ जना निको भएका छन् । निको हुनेको संख्या १४ सय ९ पुगेको छ । जिल्लामा सक्रिय संक्रमितको संख्या ५८० रहेको छ । अस्पतालको आइसोलेसनमा ३५ जना संक्रमित छन् भने ५४५ जना घरकै आइसोलेसनमा रहेका छन् ।

प्रतिक्रिया