काभ्रेमा ३९ जना संक्रमित निको भए, २७ जना थपिए

रबि धिताल

काभ्रे , कात्तिक २४ : काभ्रेमा ३९ जनाले कोरोना भाइरस जितेका छन् । स्वास्थ्य कार्यालय काभ्रेका अनुसार आज एकैदिन ३९ जनाले कोरोना भाइरस जितेका हुन् । योसँगै कोरोना जित्नेको संख्या जिल्लामा १४७९ पुगेको छ ।


यसैबीच जिल्लामा आज २७ जना नयाा संक्रमित थपिएका छन् । नयाँ थपिएकामा बनेपा नगरपालिका ६ जना पुरुष, ५ जना महिला र धुलिखेल नगरपालिकाका २, २ जना महिला र पुरुष छन् । त्यस्तै पनौतीका तीन जना पुरुष, मण्डनदेउपुरका १,१ जना महिला र पुरुष, नमोबुद्ध नगरपालिकाका ४ जना महिला र बेथानचोक गाउँपालिका १ जना पुरुष र रोशी गाउँपलिकाका २ जना महिला रहेका छन् ।

योसँगै जिल्लामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २०४६ पुगेको छ । जसलमा १२२३ जना पुरुष र ८२३ जना महिला रहेका छन् ।

प्रतिक्रिया