काभ्रे, २० कातिकः काभ्रेमा ६५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय काभ्रेका अनुसार आज एकैदिन ६५ जनामा कोरोना भाइरस पुष्टि भएको हो । यो सँगै जिल्लामा कोरोना संक्रमितको संख्या १९०३ पुगेको छ । जसमा ११४५ जना पुरुष र ७५८ जना महिला रहेका छन् ।
नयाँ थपिएकामा सबैभन्दा बढी धुलिखेल नगरपालिका १८ जना महिला र १२ जना पुरुष छन् । त्यस्तै बनेपा नगरपालिकाका ११, ११ महिला र पुरुष जना छन् । पनौती नगरपालिकाका २, २ महिला र पुरुष छन् भने पाँचखाल नगरपालिकाका २ जना पुरुष, १ जना महिला, मण्डनदेउपुर नगरपालिका २ जना महिला, १ जना पुरुष, नमोबुद्ध नगरपालिका, तेमाल गाउँपालिका र भुम्लु गाउँपालिकाका १, १ जना पुरुष रहेका छन् ।
जिल्लामा आज १७ जनाले कोरोना भाइरस जितेका छन् । योसँगै १३९४ जना संक्रमित निको भएका छन् । त्यसमा ८८४ जना पुरुष र ५१० जना महिला रहेका छन् । होम आइसोलेसनमा ४५५ जना रहेका छन् भने ३२ जना अस्पतालको आइसोलेसनमा रहेका छन् ।