काभ्रे माझीफेदाबाट समाजसेवी पवित्रा लामा क्षेत्रीय प्रतिनिधीमा सर्वसम्मत निर्वाचित

admin

काभ्रे, ५ असाेज :  काभ्रेको चौंरीदेउराली गाउँपालिकाबाट क्षेत्रीय प्रतिनिधीमा पवित्रा लामा सर्वसम्मत चयन भएकी छन् ।  आज काभ्रेमा भएको काँग्रेसको वडा अधिवेशनबाट लामा चौंरीदेउराली गाउँपालिका वडा नम्बर ३ माझीफेदाबाट सर्वसम्मत निर्वाचित भएकी हुन् ।

पवित्रा सहित पाँच जना महिला र एकजनाशारीरिक अशक्तता भएका नारायण थोकर सहितको नेतृत्वमा १७ जनाको कार्यसमिति बनेको हो । ती मध्ये महिलामा पवित्रा लामा, लालमाया लामा, लक्ष्मी लामा, सीता लामा, संगीता लामा र अपांगमा विर बहादुर लामा चयन भएका छन् ।

पवित्रा लामा लामो समयदेखि समाजसेवीको रुपमा सक्रिय रहेकी छन्। उनी वेवारिसे लाशहरुको दाहसंस्कार गर्ने कार्यमा निरन्तर लागिरहेकी छन् ।

प्रतिक्रिया