justnep single

कालीगण्डकी करिडोरमा दुर्घटना हुँदा ३ जनाको ज्यान गयो

admin

नवलपरासी, ८ पुस : पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका ३ मा लरी दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । कालीगण्डकी करिडोरको भोक्रोफाँटको भिरबाट ना ३ ख ५३३९ नम्बरको लरी खस्दा तीन जनाको घटनास्थलमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायब उपरीक्षक (डीएसपी) मोहनबहादुर खाँणले जानकारी दिए ।

उनका अनुसार ज्यान गुमाउनेहरूको परिचय खुलेको छैन । दुर्घटना भएको ठाउँ एकान्त भएकाले प्रहरीलाई ढिलो गरी मात्रै सूचना पुगेको थियो । अहिले भिरबाट लरी तान्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ । सडक कच्ची हुनुका साथै उकालो र घुम्ती भएकाले लरी अनियन्त्रित भएर पल्टिएको हुन सक्ने प्रहरीको अनुमान छ ।

प्रतिक्रिया