justnep single

कीर्तिपुर मैदानमा त्रिदेशीय टी-२० शृङ्खला खेल्दै नेपालसहित नेदरल्याण्ड्स र मलेसिया

admin

काठमाडौं, १३ चैत : नेपाली राष्ट्रिय क्रिकेट टोलीले यही बैशाखमा कीर्तिपुर क्रिकेट मैदानमा त्रिदेशीय टी-२० क्रिकेट शृङ्खला खेल्ने भएको छ । नेपालसहित नेदरल्याण्ड्स र मलेसियाबीचको शृङ्खला यही बैशाख चारदेखि ११ गतेसम्म हुने नेपाल त्रिकेट सङ्घ (क्यान) ले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

डबल राउण्ड रोबिनको आधारमा हुने शृङ्खलामा शीर्ष दुई टोली फाइनलमा पुग्ने छन् । कोरोना भाइरस संक्रमणको जोखिमलाई ध्यानमा राख्दै शृङ्खलामा सहभागी हुने खेलाडी र म्याच अफिसियललाई बायो बल्सभित्र राखिने र पीसीआर परीक्षण गरिने विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया