कुटपिट गरी बुवाको ह’त्या, छोरा प’क्राउ

रबि धिताल

गुल्मी : गुल्मीमा आफ्नै बुबालाई कु’टपिट गरिहत्या गर्ने छोरा प’क्राउ परेका छन्। जिल्लाको इस्मा गाउँपालिका–४ दोहोलीका २८ वर्षीया अनिल बस्नेत प’क्राउ परेका हुन्। उनलाई जिल्ला प्र’हरी कार्यालयबाट खटिएको टोलीले इस्मा गाउँपालिका १ हर्पुकोटस्थित फुपूदिदी मुसी कुँवरको घरको उपल्लो तलाबाट प’क्राउ गरेको हो।

गत आइतबार ६० वर्षका बुबा दिलबहादुरलाई कु’टपि’ट गरी उनले घा’इते बनाएका थिए। घा’इते बुबाको उपचारका लागि बुटबल लैजाँदै गर्दा बाटोमै उनको ज्या’न गएको थियो।

बुबाको ह’त्या गरेर फरार अनिलको खोजी कार्यका लागि प्र’हरीले विभिन्न ठाउँहरुमा जाँच बढाएको थियो। विशेष सुराकीका आधारमा उनलाई प’क्राउ गरिएको जिल्ला प्र’हरी कार्यालय गुल्मीका प्र’हरी नायब उपरीक्षक केदारराज पन्तले जानकारी दिए।

प्रतिक्रिया