कुवेतमा ६ जना नेपालीको ज्यान गयाे

रबि धिताल

काठमाडाैं, २ फागुन : बालुवाको ढिस्कोले पुरिएर कुवेतमा ६ जना नेपालीको ज्यान गएकाे कुवेतमा रहेकाे नेपाली दूतावासले पुष्टि गरेको छ ।ज्यान गुमाउनेमा पाल्पाका एकबहादुर गाहा, सिरहाका गङ्गाराम चौधरी, ताप्लेजुङका वसन्त गुरुङ र दाङका श्यामनारायण चौधरी छन् ।

ज्यान गुमाउने दुई जनाकाे पहिचान हुन बाँकी रहेको दूतावासले जनाएको छ । बालुवाकाे ढिस्काेले पुरिएर धर्मेन्द्रकुमार शाह र मनोरथ मण्डल घाइते भएका छन् ।

घाइतेमध्ये शाहको कुवेतकाे जाहरा अस्पतालमा उपचार भइरहेको र अर्का सामान्य घाइते मण्डल उपचारपश्चात कम्पनीमा फर्केको दूतावासले जनाएको छ ।

प्रतिक्रिया