काठमाडौं, १० पुस : सत्तारुढ नेकपाको केन्द्रको विवाद वाग्मती प्रदेशमा पुगेको छ । तीन जना मन्त्रीले राजीनामा दिएसँगै प्रचण्ड-नेपाल समूहले वाग्मती प्रदेश सरकारकाविरुद्ध शुक्रबार अविश्वासको प्रस्ताव दर्ता गरेको छ । राजीनामा दिएका मन्त्रीसहित ४६ जना सांसदले अविश्वास प्रस्तावमा हस्ताक्षर पनि गरेका छन् ।
आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेल, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपाल र सामाजिक विकास मन्त्री युवराज दुलालले राजीनामा दिएका छन् । यस्तै, मुख्यमन्त्री डोरमणि पौडेलकाविरुद्धमा अविश्वासको प्रस्ताव दर्ता गरिएको हो ।