कोरोनाका कारण देशभर थप ११ जनाको ज्यान गयो, एकैदिन १७ सय ३६ जना सङ्क्रमित थपिए

admin

काठमाडौं : देशभर गरिएको आठ हजार ५५ पिसिआर परिक्षणका क्रममा १६ सय ६७ जना र ६८३ वटा एन्टीजेन परिक्षणका क्रममा ६९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ८७ हजार ५६७ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ११ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा तीन हजार १ सय दुई जनाको कोरोनाका कारण मृत्युु भएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै थप २५१ जना संक्रमित निको हुँदा नेपालमा हालसम्म दुई लाख ७५ हजार ८०६ जना संक्रमित निको भएका छन् ।

हाल नेपालमा आठ हजार ६ सय ५९ जना आइशोलेशन र ९२ जना क्वारेन्टाइनमा छन् । हालसम्म नेपालमा २३ लाख ६० हजार ५५७ वटा पिसिआर परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया