justnep single

कोरोनाको कहर र पत्रकार (विचार )

admin
  • राजाराम गौतम

आजभोलीका हरेक समाचार करिब ३० प्रतिशत कोरोनाका छन् । यति सक्रमित भए, यति जनाको मृत्यू भयो , यति क्वारेन्टाइनमा छन् यस्तै समाचारले छापा माध्यम, रेडियो र टेलिभिजनहरुले स्थान पाएका छन् ।

आजभोली समाचारको केही शब्दहरुमा परिवर्तन भएकी पत्रकार स्वयं संक्रमित भए, मृत्यू भयो । बिडम्बना यस बीचमा आफनो सूचना लिने र दिने काममा ब्यस्त रहेका पत्रकारहरुको जागीर धमाधम खोसिदैछ । महिना मरेका पत्रकारहरुले तलब पाएका छैनन् ।

महिनौ हुँदा पनि परिवारसँग एक दिन सँगै बस्न पाएका छैनन् । यस बीचमा बिडम्बना पत्रकारहरुले रोग, भोक र शोकको समाचार लेख्न बाध्य हुँदा हात कामिरहेको छ तर लोकतान्त्रिक सरकार अझ भनौं दुइ तिहाइ नजिकको सरकार पत्रकारको पेशागत र सुरक्षाको ग्यारेण्टी लिन तयार छैन ।

यो त राजधानीमा कृयाशिल पत्रकारहरुको कुरा हो तर मोफसलमा काम गर्ने पत्रकारहरुको हालत कस्तो होला तपाइहरु सजिलै अनुमान गर्न सक्नु हुन्छ ।

आज पत्रकार हुनुले पिडा बाहेक केही छैन । खल्तीमा पैंसा छैन, परिवार साथमा छैन, समाजमा चैन छैन, हरेक दिन कोरोनाको समाचारले शान्ति पनि छैन । कोरोनाबाट प्रत्यक्ष र अप्रत्यक्ष असर नपर्ने कोही पत्रकार छैनन् ।

पत्रकार स्वयं गाउँ फर्कन सक्दैन, अर्काे पेशा गर्न सक्दैन र यो पेशामा पनि टिक्न सक्दैन । यो भुमरीमा छन् नेपाली पत्रकारहरु । अर्काे तर्फ सञ्चार उद्यमी र मोफसलका पत्रिका , रेडियो र टेलिभिजन सञ्चालकहरु अहिले सञ्चार माध्यम बन्द गर्नुपर्ने स्थितीमा छन् । बिज्ञापन प्रायः शुन्य छ , पत्रकारहरु तलब दिन सकेका छैनन्, त्रास बढेको छ । यस बीचमा नेपाली मिडियाको लगानी बालुवा पानी झैं भएको छ ।

कोरोनाको सबैभन्दा बढि मार छापामाध्यम क्रमश टेलिभजन, रडियो, अनलाईनलाई परेको देखिन्छ । राष्ट्रिय मिडियाको रुपमा चलेका मिडिया अन्नपुर्ण, कान्त्पिुर, नागरिक, कारोबार, नेपाल आज लगाएत स्थानिय संचार माध्यम सम्म आईपुग्दा हजारको संख्या भन्दा बढि पत्रकारले पेशा बाट हात धुनु परेको छ । निकालिनु परेको छ ।

बाध्यात्मक परिस्थिति केहि हद सम्म मान्न सकिएला तर धेरै ठाउँमा नियतमा पनि शंका गर्ने ठाउँ प्रसस्त छन् । पत्रकार र संचार गृह बिचको शित युद्ध त पहिलै देखि चलिनै आएको थियो । मात्र यो समय केहि संचार माध्यमले यसै बाहानामा आफु अनुकुल नभएका पत्रकार कर्मचारीलाई हटाएको पनि देखिन्छ ।

यसकै उपज अहिले ति संचारगृहबाट निकालिएका पत्रकारहरु आन्दोलनमा उत्रिएका छन् । उनिहरुले विभिन्न माग राखेका छन् । जसमा ः कोभिड १९ को बहानामा जबर्जस्ती निष्काशन गरिएका पत्रकार÷कर्मचारीलाई निःशर्त तत्काल पुनबर्हाली गर्नुपर्ने, सरकारले तोकेको पारिश्रमिक अनिवार्य उपलब्ध गराउन्ु पर्ने, बाँकि रहेको बक्यौता तत्काल भुक्तानी गर्नुपर्ने, जबर्जस्ती राजिनामा दिन बाध्य पार्ने बदनियतपुर्वक गरिएका सरुवा खोरज गर्नुपर्ने, बेतलबी बिदामा राख्ने कार्य तत्काल बन्द गर्नुपर्ने, ६ महिना काम गरिसकेका श्रमजीवीलाई अनिवार्य स्थायी नियुक्ति–पत्र उपलब्ध गराउनु पर्ने, श्रमजीवी पत्रकार ऐन पूर्ण कार्यान्वयन गर्नुपर्ने, एन कार्यान्वय नगर्ने सञ्चार गृहलाई कानुन अनुरुप कार्बाही गर्नुपर्ने, श्रमजीवीहरुलाई करचुक्ता प्रमाण पत्र उपलब्ध गराउनु पर्ने लगाएतका माग राखेर रिले अनशनमा उत्रिरहेका छन् । जसको नेतृत्व सञ्चार–गृहका पीडित पत्रकार ÷कर्मचारी संयुक्त संघर्ष समितीले गरेको छ । जसमा पत्रकारको पेशागत हक हितकालागी काम गर्ने संघ संस्थाहरुले एैक्यबद्धता जनाएका छन् ।

जसमा नेपाली पत्रकारहरुको अन्तरराष्ट्रिय संजाल इन्जाले पनि एक्यबद्धता जनाएको छ । इन्जा ग्लोबलकै तर्फबाट उपाध्यक्ष एवं इन्जा एशियाका अध्यक्ष बरिष्ठ पत्रकार टंक पन्त ले एक्यबद्धता जनाउनु भएको छ । ।

एकयबद्धता जनाउने क्रममा इन्जा एशियाका अध्यक्ष टंक पन्तले इन्जा ग्लोबलका अध्यक्ष गुणराज लुइटेलको आन्दोलन प्रति गर्नुभएको एक्यबद्धता सन्देश सुनाउदै इन्जाले कोरोना महमारीका समयमा अबकाश पाएका र सोही कारण प्रभावित भएका देशभरिका पत्रकारहरुलाई सहयोग गर्ने गरी प्रक्रिया अगाडि बढाएको र सो प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी पनि गराउनुभएको थियो ।

रिले अनशनको संयोजन गर्नुभएका पत्रकार जन्मदेश जैसीले नेपाली पत्रकारहरुको अन्तरराष्ट्रिय संजाल इन्जाले संस्थागत रुपमा समेत श्रमजीबी पत्रकारहरुको आन्दोलन प्रंति एक्यबद्धता जनाएकोमा इन्जा एशियाका अध्यक्ष पन्त मार्फत आभार प्रकट गर्नुभएको थियो ।

यसरी हेर्दा मिडिया हाउस र श्रमजिवी पत्रकारहरु पिडित हुने नयाँ शृखला कोरोना बनेको छ । समयमै समाधानको बाटो पहिल्याउन नसक्ने हो भने नेपाली पत्रकारिताको अर्को द्धन्द्धको बिजारोपणको बहाना कोरोना हुनेमा कुरामा कुनै द्धिविधा छैन ।

प्रतिक्रिया