खर खडाइका लागि बर्दिया निकुञ्ज प्रवेश गरेका एक जनाको ज्या’न गयो, एक घा’इते

admin

बर्दिया : खर खडाइका लागि बर्दिया निकुञ्ज प्रवेश गरेका बर्दिया बारबर्दियाका एक जनाको ज्या’न गएको छ भने एकजना भालुको आ’क्रमणमा परि घा’इते हुनुभएको छ । बर्दिया निकुञ्जको चुरे क्षेत्रमा बाबियो काट्न गएका बेला बारबर्दिया नगरपालिका सिउनिया घुस्राका ४२ वर्षीय वरन्तु थारुको निकुञ्जभित्रै ज्या’न गएको निकुञ्जले जनाएको छ ।

उनकाे ज्या’न जानुकाे मुख्य कारण खुल्न नसके पनि भिरबाट लडेर ज्यान गएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको निकुञ्जका सहायक संरक्षण अधिकृत अशिम थापाले जानकारी दिनुभयो ।

बनिया भारबाट ‘प्रहरी र निकुञ्जको टोली घ’टनास्थलतर्फ गएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले बताउनुभयो । यस्तै बर्दिया राष्ट्रिय निकुञ्जको उत्तरी क्षेत्र भास तालनजिक भालुको आ’क्रमणबाट एक जना घा’इते हुनुभएको छ ।

घा’इतेको आँखा र हातमा चो’ट लागेको छ । उहाँको नाम ठेगाना खुल्न नसकेको र घा’इतेलाई उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज कोहलपुर लगिएको निकुञ्जले जनाएको छ । बर्दिया राष्ट्रिय निकुञ्जले मध्यवर्ती क्षेत्रका स्थानीयका लागि हरेक वर्षझैँ यसवर्ष पनि शनिबारदेखि तीन दिनका लागि निकुञ्ज प्रवेश खुल्ला गरेको छ ।

प्रतिक्रिया