justnep single

गायक दामोदर भण्डारीको गीत ‘मायालुलाइ भयो की ढाँटे झै ’ बजारमा (भिडियोसहित)

रिता घिसिंग

काठमाडौँ : नेपाली लोकदोहोरी गायनको क्षेत्रमा स्थापित बनिसकेका गायक हुन गायक दामोदर भण्डारी । मौलिक लोक गीतलाई संरक्षण गर्ने क्रममा यस बर्ष संयोग म्युजिक सोलुसनको प्रस्तुतीमा सर्वोकृष्ट लोक भाका ‘ भयो की ढाँटे झै ’ बजारमा आएको छ । गायक दामोदर भण्डारी र गायिका देवी धर्तिको गीतमा सुमधुर आवाज रहेको छ ।

मायालु तरिकाबाट जिवनका बास्तविक भोगाईलाई समेटिएको छ । दामोदर भण्डारीको मौलिक लय तथा शब्द सिर्जनमा गीत बजारमा आएको हो । अजय रेग्मीको छायाँकन , दिपक विष्टको सम्पादन र काजिश श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । गीतमा ब्यक्त भाव अनुसारको सर्वोकृष्ट नित्य काजिश श्रेष्ठ र करिष्मा ढकालले गरेका छन हेर्नुहोस भिडियो :

प्रतिक्रिया