justnep single

गायक बद्री केसी बेलायतमा मृत भेटिए

admin

काठमाडौं : डेढ दशकदेखि बेलायतको लण्डनमा बस्दै आएका गायक बद्री केसी मृ’त भेटिएका छन्।

शुक्रबार अपराह्न ४ बजे आफ्नो फेसबुकमा आफ्ना साथी, परिवार र संसारलाई गुडबाई लेखेका केसी आफ्नो कार्यस्थलको हातामा रहेको रुखमा झुण्डिएको अवस्था भेटिएको समाजसेवी एवं पाल्पा समाज युकेका अध्यक्ष बाचस्पति रेग्मीले जानकारी जनाए।

पोखरा स्थायी घर भएका ३२ वर्षीय केसी अध्ययनका क्रममा बेलायत आएका थिए। केही वर्षअघि नेपाल नै बस्ने गरी फर्किएका केसी पुनः बेलायत फर्किएका थिए।

लण्डनको मिलहिल स्कूलको क्याटरिङमा काम गर्दै आएका केसी लण्डनको चिरपरिचित गायक थिए। आ’त्मह’त्याको कारण अझै खुल्न सकेको छैन भने घ’टनाबारे लण्डन प्र’हरीले अनुसन्धान थालेको छ।

प्रतिक्रिया