justnep single

गुट र फुटवादी सचेत, मांसाहारी आन्दोलन गर्नेलाई चिडियाखानामा थुनिनेछ : गृहमन्त्री

admin

काठमाडौं, २३ माघ : गृहमन्त्री एवं नेकपा सचिवालय सदस्य रामबहादुर थापाले राष्ट्रपति र प्रधानमन्त्रीलाई अपदस्थ गर्न खोजेपछि प्रतिनिधि सभा भंग भएको बताएका छन् । नेकपा बागमती प्रदेश कमिटीले काठमाडौंमा शुक्रबार आयोजना गरेको बृहत् जनसभालाई सम्बोधन गर्दै राष्ट्रपति, प्रधानमन्त्री र पार्टी अध्यक्षलाई षड्यन्त्रपूर्वक हटाउन खोजेपछि अस्थिरता सुरु भएको बताएका हुन् ।

‘त्यसलाई रोक्न चुनाव घोषणा गरिएको हो,’ उनले भने । थापाले मांसहारी आन्दोलन गरेर नेतृत्वलाई अपदस्त गर्ने घोषणा गर्नेहरुलाई संविधान र कानूनले अपराध घोषित गरेको उल्लेख गरे । थापाले मांसाहारी आन्दोलन गर्नेहरुलाई जावलाखेलको चिडियाखानामा लगेर थुन्ने चेतावनी दिएका छन् ।

थापाले प्रचण्ड-नेपाल समुहलाई संकेत गर्दै उनीहरुलाई जावलाखेलको चिडियाखानामा थुनिने चेतावनी दिएका हुन् । ‘मांसाहारी आन्दोलन गर्नेहरुलाई जावलाखेलको जुमा थुनिनेछ,’ गृहमन्त्री थापाको भनाइ छ । मुलुक निर्वाचनमा होमिएको बताउँदै उनले निर्वाचन नै आन्दोलनको एउटा रुप भएको उल्लेख गरे । उनले नेतृत्वलाई विस्थापित गर्न खोज्दा मुलुकमा अस्थिरता निम्तिएको पनि बताए ।

‘अस्थिरता उत्पन्न हुुनुमा राजनीतिक सत्ता जोडिएको छ । ठीक ढंगले बुझेर मात्रै समाना गर्न सक्छौ । मुख्यत राजनीतिक सत्ता र नेतृत्वसँग ३ वटा प्रश्न जोडिएको छ,’ थापाले भने, ‘केन्द्रीय प्रश्न प्रधानमन्त्रीसँग जोडिएको हुन्छ, अध्यक्षसँग र राष्ट्रपतिसँग जोडिएको हुन्छ । तीनटै नेतृत्व अपदस्त गर्ने कुरालाई बुझेनौँ भने असाधारण स्थितिलाई समाधान गर्न सक्दैनौँ । पार्टी अध्यक्षलाई अपदस्त गर्ने कुरासँग अस्थिरता जोडिएको छ । दुई तिहाइबहमुतको सरकारलाई विस्तथापित र राष्ट्रपतिको मानमर्दन गर्ने कुरासँग जोडिएको छ ।’

उनले देशलाई प्रतिगमनतिर लगेकाले नारायणहीटी अगाडि जनसभा गरेर गणतन्त्रको रक्षा गर्न खोजेको प्रस्ट्याए । उनले गुट र फुटवादीहरुलाई सचेत हुन पनि सुझाव दिए ।

प्रतिक्रिया