justnep single

गृहमन्त्री थापाका राजनीतिक सल्लाहकार सुवेदीद्वारा राजीनामा

admin

काठमाडौं, ९ पुस : गृहमन्त्री रामबहादुर थापाका राजनीतिक सल्लाहकार सूर्य सुवेदी पथिकले आफ्नो जिम्मेवारीबाट राजीनामा दिएका छन् । सुवेदीले बिहीबार गृहमन्त्री थापाको राजनीतिक सल्लाहकारको जिम्मेवारीबाट राजीनामा दिएका हुन् ।

राजीनामा दिँदै सुवेदीले भनेका छन्ः ‘गृहमन्त्री आदरणीय क. राम बहादुर थापा बादलको सचिवालय र उहाँको राजनीतिक सल्लाहाकारको भूमिकामा आजबाट राजनीतिक र नैतिक दृष्टिले नरहेको जानकारी गराउंँछु ।’

यसअघि दुवै समूहमा सहभागी भएका थापा बिहीबारको ओली समूहको केन्द्रीय कमिटी बैठकमा सहभागी भएलगत्तै थापाका राजनीतिक सल्लाहकार सुवेदीले आफू सचिवालय र राजनीतिक सल्लाहकारको भूमिकामा नरहेको जानकारी गराएका हुन् ।

प्रतिक्रिया