काठमाडौं, फागुन १८ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका नेता गोकुल बाँस्कोटाले प्रचण्ड–माधव समूहले राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध महाभियोग ल्याउने तयारी गरेको बताएका छन्।
बाँस्कोटाले मंगलबार बिहान ट्विट गर्दै राष्ट्रपतिलाई हतोत्ससाही बनाउनकै लागि भए पनि महाअभियोग ल्याउने तयारी गरिरहेको उल्लेख गरेका छन्। यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिएसम्म प्रतिनिधिसभा चल्न नदिने रणनीतिमा प्रचण्ड–माधव समूहको तयारी रहेको दाबी गरेका छन्।
‘नेपाल कम्फरटेबल पार्टीले प्रमले राजीनामा नदिए सम्म सदन चल्न नदिने र राष्ट्रपतिलाई हतोत्ससाही बनाउनकै लागी भए पनि महाअभियोग ल्याउने तयारी गर्दै छन रे!,’ बाँस्कोटाले ट्विटमा लेखेका छन्, ‘झलनाथको तयारीमा रामचन्द्र कवाफमा हड्डी भएर मात्र घोषणा नभएको रे। लौन प्रभु! मिलाई देऊ।’
नेपाल कम्फरटेबल पार्टीले प्रमले राजीनामा नदिए सम्म सदन चल्न नदिने र राष्ट्रपतिलाई हताेत्ससाही बनाउनकै लागी भए पनि महाअभियाेग ल्याउने तयारी गर्दै छन रे!झलनाथकाे तयारीमा रामचन्द्र कवाफमा हड्डी भएर मात्र घाेषणा नभएकाे रे।लाैन प्रभु! मिलाई देऊ।
— Gokul Prasad Baskota (@GokulPBaskota) March 2, 2021