justnep single

चितवनमा गैँडा मा’र्ने, खाग बिक्री गर्ने ठूलाे गिराेह प’क्राउ

admin

चितवन : दुर्लभ एकसिङ्गे गैँडा मा’री खाग बिक्री गरेको अभियोगमा १४ जनालाई प’क्राउ गरिएको छ । यसै अभियोगमा १८ जना फरार रहेका छन् । चितवन राष्ट्रिय निकुञ्जले बुधवार पत्रकार सम्मेलनको आयोजना गरी अभियुक्तलाई सार्वजनिक गरेको हो ।

चालु आर्थिक वर्ष सुरु भएयता निकुञ्जमा चो’री सि’कारबाट मा’रिएका चार गैँडा फेला परेका थिए । यसलगत्तै निकुञ्ज प्रशासन, सुरक्षार्थ खटिएको नेपाली सेनाको बटुक दल गण, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उनीहरूलाई देशका विभिन्न ठाउँबाट प’क्राउ गरेको हो ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार कावासोती नगरपालिका ७ का ४८ वर्षीय पल्ला भनिने शिवनारायण महतोलाई घरबाटै प’क्राउ गरिएको थियो । भरतपुर महानगरपालिका २८ स्यालबासका ४९ वर्षीय रणबहादुर भनिने जीतबहादुर कुमाल र उनकी श्रीमती ईन्द्रमाया कुमाललाई नवलपुरको चोरमाराबाट लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको हो ।

बाँकेको सोनारीका ३५ वर्षीय हरिप्रसाद थारु र उनकी श्रीमती विष्णुमाया गुरुङलाई उनीहरू बसोबास गरेको नवलपुरको गैँडाकोट नगरपालिका १ इँटाभट्टाबाट प’क्राउ गरिएको उहाँले जानकारी दिनुभयो । यस्तै गैँडाकोट १ का ३२ वर्षीय काले र अशोक गुरुङ भन्ने सुकबहादुर गुरुङलाई गोरखाको आरुघाटबाट प’क्राउ गरिएको हो । प’क्राउ परेकाहरूको बयानका आधारमा अन्य सात जना संलग्न भएको बुझिएको र उनीहरूको खोजी भइरहेको बरालले जानकारी दिनुभयो ।

यसैगरी अनुसन्धानका क्रममा गैँडा मा’री खाग चो’री सिकार भएका विगतका अन्य घ’टनासमेत खुल्न आएका छन् । विगतका घ’टनामा संलग्न भएको अभियोगमा जिल्लाको कालिका नगरपालिका ९ शक्तिखोर बस्ने तारा चेपाङ भन्ने वीरमान सिंह प्रजा, गोरखा नगरपालिका ७ नयाँ बजारका कैलाशबाबु आलेलाई गोरखा बजारबाट प’क्राउ गरिएको छ । यही गिरोहका लमजुङ बेसीसहर नगरपालिका १० का ३२ वर्षीय सोमबहादुर गुरुङलाई काठमाण्डौबाट प’क्राउ गरिएको हो ।

माडी नगरपालिका ९ अयोध्यापुरीका ३२ वर्षीय दुर्गा भुजेल भन्ने दुर्गाबहादुर सार्कीलाई महोत्तरी बर्दिबासबाट प’क्राउ गरिएको हो । मकवानपुर जिल्ला वाग्मती गाउँपालिका ३ घर भइ काठमाण्डौ गोकणेश्वर बस्ने ३५ वर्षीय नवीन पौडेल भन्ने मेखबहादुर नेपाली, मुगु जिल्लाको मुगु घर भइ काठमाण्डौको बौद्ध बस्ने ६१ वर्षीय नाङ्गे तामाङ लामा, काठमाण्डौ बौद्धका २१ वर्षीय योञ्जन भनिने छिरिङ लामाको नामले चिनिने योन्देन ग्याम्जो तामाङलाईसमेत प’क्राउ गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

तनहुँको आबुखैरेनी नगरपालिका ५ घुमाउने ३३ वर्षीय हरिबहादुर मगरलाइसमेत प’क्राउ गरिएको छ । अनुसन्धानका क्रममा प’क्राउ परेकाहरूको बयानबाट दोषी देखिएका १८ जना फरार देखिएको उनीहरूको खोजी भइरहेको बरालले जानकारी दिनुभयो ।

प’क्राउ परेकाहरूको साथबाट एक थान गाडी, दुई थान मोटरसाइकल, पत्रिका काटेर पैसा जस्तो बनाएको २३ बण्डल, ४१ लाख रुपैयाँ बराबरको बैंक भौचर ६ थान बरामद गरिएको जानकारी दिइएको छ ।

बरालले प’क्राउ परेकामध्ये रणकुमाल भन्ने जीतबहादुर कुमाल पाँच पटक, काले र अशोक गुरुङ भन्ने सुकबहादुर गुरुङ दुई पटक, तारा चेपाङ भन्ने वीरमान सिंह प्रजा तीन पटक गैँडा मा’र्ने कार्यमा संलग्न रहेको र उनीहरू लामो समयदेखि पटक–पटक गैँडा मारी खागको चो’री निकासी गर्ने कार्यमा संलग्न रहेको खुल्न आएको जानकारी दिनुभयो ।

कुमाल विसं २०६९ फागुन ९ गते पक्राउ परि गएको जेठ १० गते जिल्ला कारागार चितवनबाट मुक्त भएका थिए । उनी गैँडा तस्करीको फैसलासँगै कारागार जीवन बिताएका थिए । छुट्नासाथ तस्करीमा संलग्न भएको पाइएको छ ।

पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार उनीहरूलाई पुस ३ गतेयता विभिन्न मिति र ठाउँबाट प’क्राउ गरिएको हो । प’क्राउ परेकालाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ बमोजिम कारबाहीका लागि बुधवार नै जिल्ला अदालत नवलपुरमा पेस गरिने बरालले जानकारी दिनुभयो । उहाँले प’क्राउ परेकाहरू तस्करीका पाँचौँ तहसम्मका रहेको बताउनुभयो ।

पत्रकार सम्मेलनमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका प्र’हरी नायब उपरीक्षक (डीएसपी) राजकुमार राईले विगतमा सुन, रक्तचन्दन र गाँजा तस्करीमा लागेका अहिले खाग तस्करीमा लागेको बताउनुभयो । उहाँले विदेशमा रहेकालाईसमेत बोलाएर तस्करीमा लगाएको पाइएको जानकारी दिनुभयो ।

निकुञ्ज सुरक्षार्थ खटिएको बटुक दल गणका गणपति अरुण श्रेष्ठले ठूलो सङ्ख्यामा अवैध कार्यमा संलग्नहरू प’क्राउ परेको भन्दै चोरी सिकार नियन्त्रणमा ठूलो सफलता मिलेको बताउनुभयो । निकुञ्जको बाँदरझुला आइल्याण्ड क्षेत्रमा सिकारीले गएको भदौ १७ गते २५ देखि ३० वर्षको भाले गैँडालाई गो’ली हा’नेर मा’रेका थिए । उनीहरूले त्यसको खाग र खुर भने लैजान पाएका थिएनन् ।

कात्तिक १९ गते नारायणी नदीको टापु मर्दी घोलमा गैँडाको माउ र बच्चा मृ’त भेटिएका थिए । २०/२२ वर्षकी पोथी गैँडा र तीन वर्षको बच्चा गो’ली लागेर म’रेका थिए । तिनीहरूको सिकारीले खाग लगिसकेका थिए ।

त्यस्तै कात्तिक २१ गते गैँडाको कङ्काल भेटिएको थियो । निकुञ्जको पश्चिमी क्षेत्र भुसहरघाट नजिकै भेटिएको त्यो गैँडा पनि सिकारीबाट मा’रिएको खुल्न आएको थियो । केही वर्षयता शून्य चो’री शि’कार भए पनि एकाएक तस्करले गैँडा मा’र्न थालेपछि निकुञ्ज सुरक्षामा फरक रणनीति अपनाएर तस्करीको खोजीमा व्यापकता दिइएको छ ।

प्रतिक्रिया