चीनसँगको सीमामा भारतले पठायो अत्याधुनिक तोप

admin

काठमाडौं, १६ असोज : भारतले चीनसँग जोडिएको लद्दाखस्थित सीमा क्षेत्रमा शनिबार के ९ बज्र तोप तैनाथ गरेको छ । यसले सेल्फ–प्रोपेल्ड हाविल्जर तोपले ५० किलोमिटर दूरीसम्म निशाना साँध्न सक्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

चीनसँग सीमा जोडिएका इलाकामा पूर्वाधार र विकास निर्माणलाई तिव्र बनाइएको भारतका सेना प्रमुख जनरल मनोज मुकुन्द नरवाणेले बताएका छन् ।चीनले सीमा क्षेत्रमा सैनिक संख्या बढाएपछि सम्भावित खतरालाई मध्यनजर गर्दै भारत पनि सेनाको संख्या बढाएको नरवाणेले बताएका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार चीनले पूर्वी लद्दाख, उत्तरी कमाण्ड र पूर्वी कमाण्डमा पनि ठूलो संख्यामा सैनिक तैनाथ गरेको छ । चीन र भारतबीच लद्दाखमा लामो समयदेखि सीमा विवाद छ ।

विवाद समाधानका लागि अक्टोबरको दोस्रो साता १३ औं चरणको सैनिक स्तरीय वार्ता गर्ने तयारी पनि चलिरहेको छ । यता पाकिस्तानले फेरि एकपटक युद्धविराम तोडेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । पछिल्लो १० दिनमा पाकिस्तानले युद्धविराम उल्लंघन गर्दै दुईपटक सिजफायर गरेको समाचारमा उल्लेख छ ।

 

प्रतिक्रिया