- खगेन्द्र हमाल
चौकुन, २८ पुस : सुर्खेतको चौकुने गाउँपालिकामा रहेका दुई ओटा ठुला बहुउद्देश्यीय सहकारीहरुको एकीकरण भएको छ । सोमबार चौकुने गाउँपालिका वडा न. ७ मा आयोजित सहकारी एकीकरण घोषणा सभा कार्यक्रममा चौकुने बहुउद्देश्यीय सहकारी संस्था र सुनौलो बिहानी सहकारी संस्था एकीकरण भइ सुनौलो बिहानी चौकुने बहुउद्देश्यीय सहकारी संस्था नामाकरण गरिएको छ ।
कार्यक्रममा कर्णाली प्रदेश सभाका उपसभामुख पुस्पा घर्ती (बिष्ट ) ले जनतालाई प्रत्यक्ष लाभ र बेरोजगारी अन्त्य गर्नको लागि सहकारीको वर्गीकरण गर्नु पर्ने धारणा राख्नु भयो । सरकार संग कर छली गर्ने , लेखापरीक्षण नगर्ने अपारदर्शी र दर्ता नभएका सहकारीहरु बर्खास्त गर्नु पर्ने बताईन । सहकारीको माध्यम बाट समाजलाई परिवर्तन गर्न सकिने भएकोले शेयर सदस्य हरुले सहकारीलाई उत्पादन मुखी बनाउन जोड दिईन । कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य एवम् कर्णाली प्रदेश सभाका माननीय सांसद बिन्दमान बिष्टले यस क्षेत्रको बिकासको लागि सबैले आ- आफ्नो ठाँउ बाट सहयोग गर्नु पर्ने बताए ।
सहकारी भनेको बचत र ऋण गर्नको लागि मात्र होइन भन्दै सांसद बिष्टले सहकारीको माद्यम बाट समाज परिवर्तन हुनेमा बिश्वास लिए । चौकुने गाउँपालिका अध्यक्ष धिर बहादुर शाहीले चौकुने गाउँपालिकाको आर्थिक वृद्धिदर बढाउन चौकुने गाउँपालिकामा रहेका सबै सहकारीहरुलाई एकीकरण गरि उत्पादन तिर लाग्नु पर्ने औलाए ।
नेपाल कम्युनिस्ट पार्टी ( नेकपा) सुर्खेतका कार्यलय सदस्य एवं पश्चिम सुर्खेतका लोकपि्रय युवा नेता मोहन बडुवालले सहकारी भनेको नै सहकार्य हो । सहकारीलाई उत्पादन मुखी बनाई उत्पादन भएका बस्तुको उचित व्यवस्थापन र बजारीकरण गरेर समाजमा भएको बेरोजगारी समस्या हटाउन सहकारीले अहम भुमिका खेल्छ । सरकारको तीन खम्बे अर्थ नीति अनुसार सहकारी एक महत्त्वपूर्ण अंग रहेकाले सहकारीको माद्यम बाट चौकुनेको आर्थिक वृद्धिदरमा टेवा पुग्ने बताए । चौकुने गाउँपालिका उपाध्यक्ष निर्मला मगरले सहकारी कर्मीमा इमान्दार हुनु पर्नेमा जोड दिईन ।
कार्यक्रममा नेकपा नेता गोबिन्द तिमिल्सिना, खड्क बिक बिबस बिमला जिसि गंगाराम बिक चौकुने गाउँपालिका वडा न.६ का वडा अध्यक्ष इन्द्र ढकाल, वडा न. ७ का वडा अध्यक्ष अमर बिसि, ८ का तारा केशर सुवेदी, ९ का नमराज जैसी चौकुने गाउँपालिका निमित्त प्रमुख प्रशासकिय अधिकृत जगदिश पान्डे लगाएतको उपस्थिति रहेको थियो ।
दुई सहकारी एकीकरण पछि बनेको सुनौलो बिहानी चौकुने बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा सहमतिका आधारमा इन्द्र बहादुर सोनिको अध्यक्षतामा ११ सदस्यीय समिति गठन भएको छ, समितिको उपाध्यक्षमा डिल ब. पल्ली, सचीवमा लालमणि धमाला, सह- सचीवमा धन ब. पुलामी र काेषाध्यक्षमा खगिराम बिक चयन भएका छ्न ।
यस्तै सदस्यमा बल ब. कठायत, गणेश बिक, मोति कामी, निरक राना, नौरुपा चितौरे र खगिराम बिक निर्बिरोध चयन भएका छन । यस्तै लेखा समितिको संयोजकमा निर्मला अर्याल (जोशी) , ऋण उपसमितिको संयोजकमा डिल ब. पल्ली , शिक्षा उपसमितिको संयाेजकमा प्रेमराज जोशी र सल्लाहकार समितिको संयोजकमा गोरख ब. शाही चयन भएका छन ।