छायाकार अधिकारी आफ्नै कार्यालयमा मृ;त फेला

admin

काठमाडौं, माघ २६ : छायाकार जनकराज अधिकारी गोगंबुको आफ्नै कार्यालयमा मृ’त अवस्थामा फेला परेका छन् । ३५ वर्षीय छायाकार अधिकारीको श’व आइतबार झु’ण्डि’एको अवस्थामा फेला परेको नेपाल प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले बताए ।

‘शुक्रबार घरबाट निस्केका रहेछन् । सम्पर्कमै नआएपछि कार्यालय पुग्दा आ’त्मह’त्या गरेको अवस्थामा भेटिए,’ लामाले भने ।

अधिकारीले जय किसन बस्नेतको फिल्म ‘धुम ४’लगायत थुप्रै म्युजिक भिडियो खिचिसकेका छन् । विश्व गौचनको इक्विपमेन्ट हाउसमा क्यामेरा ‘केयर टेकर’को काम गरिसकेपछि उनले छायाकन गर्न थालेका हुन् । सोमबार ११ बजे पोस्टमार्टम गरेर उनको शव’लाई अ’न्त्येष्टिका लागि लमजुङ पठाइएको लामाले बताए ।

‘उहाँ क्यामेरा टेकरका रुपमा काम गर्नुहुँदा हामीले धेरै फिल्ममा सँगै काम गरेका छौं । पछि उहाँ त छायाकार नै बन्नुभयो । लघुफिल्म, वृतचित्र र विज्ञापन पनि खिच्नु भएको छ,’ डिजाइनर कमलप्रसाद मिश्रले भने ।

प्रतिक्रिया