justnep single

छोरीको ह’त्याको आरोपमा बाबुआमासहित सातजना प’क्राउ

राष्ट्रिय समाचार समिति

रौतहट, मंसिर १४ : छोरीको ह’त्यामा सं’लग्न रहेको आरोपमा बाबुआमासहित सातजना प’क्राउ परेका छन् । जिल्ला प्र’हरी कार्यालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा हत्याका आरोपी आमा, बाबु र पैसा लिएर अमृता साहलाई गो’ली हानेर ह’त्या गरेका अन्य पाँच जनालाई सार्वजनिक गरिएको छ ।

प’क्राउ पर्नेमा बाबु रामअयोध्या साहतेली, आमा सीतादेवी र भाडाका ह’त्याका आरोपी देवाही गोनाही नगरपालिका–२ करुनिया लक्षमिनियाँका ६० वर्षीय शेख अलियास, सोही ठाउँका ४० वर्षीय बहुदल भने इस्लाम अन्सारी, ३५ वर्षीय शेख इन्ताज, ५० वर्षीय कैमुल देवान र परोहा नगरपालिका–४ का ४५ वर्षीय छोटेलाल साह रहेको प्र’हरी उपरीक्षक सिद्धिविक्रम शाहले बताउनुभयो ।

आरोपी सबैले घ’टना स्वीकार गरिसकेको तथा उनीहरुमाथि ज्यानसम्बन्धी मुद्दा दर्ता गरी जिल्ला अदालत गौरबाट म्याद थमाएर थप अनुसन्धान गरिरहेको उपरीक्षक शाहले जानकारी दिनुभयो । उपरीक्षक शाहका अनुसार आरोपी बाबु रामअयोध्याकी छोरी अमृताको छिमेकी सोसिन्द्र भगतसँग पछिलो तीन वर्षदेखि प्रेम सम्बन्ध रहेको थियो ।

उनको प्रमलाई बेवास्ता गर्दै बाबुआमाले २०७६ साल असारमा सर्लाही विशुनपुर गाउँपालिका–३ का रुपेश साहसँग अमृताको बलपूर्वक विवाह गरेका थिए । अमृता केही महिना सर्लाही विशुनपुरमा रहेपछि उनका श्रीमान् रुपेश साहमाथि धारिलो ह’तियार’ले आ’क्रमण भएको थियो ।

उक्त घ’ट’नामा श्रीमान् पक्षले अमृता र उनका प्रेमी सोसिन्द्रमाथि जिल्ला प्र’हरी कार्यालय सर्लाहीमा ज्या’न मा’र्ने उद्योग मु’द्दा दर्ता गराएको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।

उक्त घ’ट’नापछि अमृता माइतीघर लौकाहामै बस्दै आएकी थिइन् र गत असारमा श्रीमान्सँग सम्बन्ध विच्छेद भएको थियो । माइती बसेकी छोरी अमृता प्रेमी सोसिन्द्रसँग भागेमा समाजमा हाम्रो इज्जत जान्छ भन्ने उनका बाबुआमाले छोरीलाई कुनै बहानामा भारतमा लगेर परोहाका छोटेलाल साहलाई रु. एक लाख ५० हजार दिएर ह’त्या गराउने बुबा रामअयोध्या र अर्का ज्वाइँ देवाही गोनाही–२ करुनियाका लक्ष्मण साहले मिलेर योजना बनाएको थियो ।

योजनाअनुसार अमृतालाई उपचार गराउने बहानामा सीमावर्ती भारतीय बजारमा केही महिनाअघि लगिएको थियो तर त्यहाँ योजना सफल हुन सकेन र अमृता माइतीमै आएर बसिरहेकी थिइन् । बुबा रामअयोध्या र ज्वाइँ लक्षुमणले इज्जतका लागि भनेर देवाही गोनाही–२ करुनिया लक्षमिनियाका कैमुल देवानलाई अमृताको हत्या गर्न रु एक लाखको सुपारी दिएको प्र’हरी उपरीक्षक शाहले जानकारी दिनुभयो ।

मुख्य योजनाकार कैमुलले अन्य अभियुक्तसँग मिलेर गत कात्तिक २६ गते राति आमासँग आफ्नो घरमै सुतिरहेका बेला ह’त्या गरेको बताइएको छ । आमा उठेर शौचालय जाँदा राति साढे ११ बजे अमृताको कञ्चटमा गो’ली हानी ह’त्या गरिएको पत्रकार सम्मेलनमा बताइएको थियो ।

घ’ट’नापछि मृ’तकका श्रीमान्, प्रेमी र परिवारका सदस्यको अनुसन्धान गर्दै जाँदा अप’रा’धी प’क्राउ तथा हत्याको योजना बाहिर आएको प्र’हरी उपरीक्षक शाहले बताउनुभयो । अन्य छ जना आरोपी यसअघि नै प’क्राउ परे पनि मुख्य योजनाकार कैमुल भने सर्लाही मलङ्गवामा लुकीछिपी बसेको अवस्थामा आजै प’क्राउ परेको उहाँले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

प्रतिक्रिया