चितवन, ८ चैत : जङ्गली हात्तीको आक्रमणबाट पश्चिम चितवनमा एक महिलाको ज्या’न गएकाे छ । ज्यान गुमाउनेमा भरतपुर महानगरपालिका-१३ उजेलीनगर घर भएर त्यही ठाउँको गङ्गानगरमा भाइको घरमा गएकी ५० वर्षीया तीलमाया भुजेल रहेकी छन् ।
इलाका प्र’हरी कार्यालय गीतानगरका अनुसार आज बिहान करिब ४ः ०० बजेको समयमा जङ्गली हात्तीको आ’क्रमणबाट भुजेलको घट’नास्थलमा नै ज्या’न गएकाे हाे । यस्तै हात्तीले त्यस ठाउँका तीनवटा घर पूर्णरूपमा क्षति पुर्याएको कार्यालयले जनाएको छ ।
हात्तीको आ’क्रमणबाट भएको पूर्ण क्षतिको विवरण आइसकेको छैन । हात्तीले घर भत्काउन लागेपछि बाहिर निस्किएर भाग्ने क्रममा उनलाई हात्तीले आक्रमण गरेको हो ।