सल्यान : जिप दु’र्घटनामा सल्यानमा तीन जनाको मृ’त्यु भएको छ। शनिबार दाङको तुल्सीपुरबाट रोल्पाको सुक्खाओढार जाँदै गरेको लु१ज २९११ नम्बरको डबल क्याप जिप सल्यानको छत्रेश्वरी गाउँपालिका–४ दिवांगघारीमा दु’र्घटना भएको हो।
जहाँ रोल्पाका तीन जनाको ज्या’न गएको जिल्ला प्र’हरी कार्यालय सल्यानले जनाएको छ। उनीहरु सबैको घ’टनास्थलमै ज्या’न गएको प्र’हरीले जनाएको छ। ज्या’न गुमाउनेमा गाडी चालक रोल्पा गंगादेव गाउँपालिका–७ निवासी ३५ वर्षीय भीम बहादुर वली, सोही ठाउँका १७ वर्षीय भीमराज बुढा र गंगादेव गाउँपालिका –५ निवासी ६५ वर्षीय गञ्जजबहादुर बुढा रहेका प्रहरी प्रमुख गोविन्द थापाले जानकारी दिए।
गाडीमा सवार अन्य ४ जना भने हामफालेर बाँच्न सफल भएका बताइएको छ। गाडी सडकबाट एक सय मिटर तल खसेको थियो। घटनास्थलमा प्र’हरी पुगिसकेको र थप अ’नुसन्धान भइरहेको जनाएको छ।