ज्ञानेन्द्र शाहि समर्थकको लोकतान्त्रिक अभ्यास: जिउदो पत्रकारलाई श्रद्धाञ्जली

admin

काठमाण्डौ : आफूलाई भ्र’ष्टाचार वि’रुद्धको सामाजिक अभियान्ता भनेर चिनाउने ज्ञान बहादुर शाही उर्फ ज्ञानेन्द्र शाहीका समर्थकहरुले पिएनपी खबरका सह-सम्पादक युवराज खत्रीको सामाजिक सञ्जाल फेसबुक मार्फत बारम्बार चरित्र ह’त्या गर्दै आएका छन् ।

अभियान्ता शाहीले आफू अनुकूल समाचार नबनेपछि सह-सम्पादक खत्रीमाथी सामाजिक सञ्जालमार्फत् चरित्र ह’त्या गर्न आफ्ना समर्थक लगाएका हुन् ।

उनका समर्थक भनेर चिनिने कयौं फेसबुक आइडिमा सह-सम्पादक खत्रीको फोटो राख्दै श्र’द्धाञ्ज’ली, दलाल जस्ता अ’पाच्य शब्द प्रयोग गरिएको छ । आज मात्रै एक कैलाश जंग थापा नामक फेसबुक आइडिबाट खत्रीको फोटो राख्दै ‘युटुबे पत्रकारको कोरोनाको कारण नि’धन ।।। रिप’ भनेर स्टाटसहित फेटो पोष्ट गरिएको छ ।

कैलाश जंग थापा नामक फेसबुकमा राखिएको स्टाटस

शाहीको फेसबुक स्टाटसलाई आधार बनाएर पत्रकार खत्रीलाई ‘दलाल’को उपमा दिइएको छ । केही दिन अगाडि अभियान्ता शाहीले पिएनपी खबरको युट्युब मार्फत प्रसारित एउटा भिडियोलाई लिएर ‘गर्दै नगरेको कुरालाई टाइटल बनाएर हाल्ने युट्युब मिडियाले गर्दा नै आपसी विवाद बढाउँछ, यी मिडियाहरु सुध्रिन आवश्यक छ’ भन्ने क्यापसन सहितको स्क्रिनसट आफ्नो फेसबुक वालमा पोस्ट गरेका थिए । शाहीको यहि स्टाटसलाई आधार मानेर सह-सम्पादक खत्रीको चरित्रमाथि आ’क्रमण गरिएको छ ।

केही दिनअघि पिएनपी खबर (मिडिया)को युट्युब मार्फत् सार्वजनिक गरेको शाहीको भिडियोलाई लिएर उक्त विवादमा आएको उक्त भिडियोमा उनले दाबी गरेजस्तो गर्दै नगरेको कुरा भने उल्लेख गरिएको छैन् । उनले बोलेकै विषयलाई शिर्षक राखेको स्पष्ट छ । शाहीको यस्तो स्टाटसपछि प्रियंका राई, कैलाश जंग थापा नाम गरेको फेसबुक मार्फत पत्रकार खत्रीको बारम्बार चरित्र ह’त्याको प्रयास गरिएको छ ।

प्रतिक्रिया