justnep single

झलनाथ खनाल-माधव नेपाल पक्षको राष्ट्रिय भेला सुरु (भिडियोसहित)

admin

काठमाडौं, ४ चैत्र : नेकपा एमालेका वरिष्ठ झलनाथ खनाल र माधवकुमार नेपाल पक्षको राष्ट्रिय कार्यकर्ता भेला बुधबारदेखि सुरु भएको छ । ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा राखिएको भेला भोलिसम्म चल्ने छ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले इतर पक्षलाई पेलेर जाने रणनीति अख्तियार गरेपछि खनाल-नेपाल समूहले समानान्तर गतिविधि अगाडि बढाएको छ ।

ओली पक्षले खनाल नेपाल पक्षको भेलामा सहभागी हुनेलाई कारबाहीको चेतावनी दिए पनि देशभरबाट नेता कार्यकर्ताको उल्लेख सहभागिता रहेको छ भने भेला स्थलमा चहलपहल बढेको छ । नेता कार्यकर्तालाई ११ जना स्थायी समिति सदस्यद्वारा आइतबार जारी गरिएको विज्ञप्ति वितरण गरिएको छ ।

कार्यक्रम परिसरमा कम्युनिस्ट नेताहरु र एमालेका संस्थापक नेताहरुको तस्बिर राखिएको छ । ११ बजेबाट भेला सुरु हुने भने पनि औपचारिक रुपमा सुरु हुन भने ढिलाइ भएको छ । नेपाल लगायतका नेताहरु आन्तरिक छलफलमा रहेकाले भेला सुरु हुन ढिलाइ भएको बुझिएको छ । भेला स्थलमा प्राथमिक उपचारको प्रबन्ध मिलाइएको छ । कार्यक्रम दुई सत्रको रहने छ । पहिलो सत्रमा उद्घाटन र दोस्रोमा बन्द सत्र रहने छ ।

प्रतिक्रिया