टिकटक बनाउँदा नदीमा खसेकी युवतीको शव भेटियो

admin

काठमाडौं, ५ असाेज : तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित सेती नदीमा खसेर गत मङ्गलबार बेपत्ता भएकी एक युवतीको शव आठ दिनपछि फेला परेको छ ।

टिकटक बनाउने बहानामा शुक्लागण्डकी नगरपालिका–८ स्थित रक गार्डेनबाट सेती नदीमा खसेकी सोही ठाउँकी युवती आज मृ त अवस्थामा फेला परेकी हुन् ।

१९ वर्षीया पवित्रा लम्सालको शव भिमाद नगरपालिका–७ सेती नदीको किनार सिस्नेरी घाटमा फेला परेको जिल्ला प्रह री कार्यालय तनहुँका प्रह री नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो ।

सेती नदी किनारमा श व देखेपछि स्थानीयवासीले प्रह रीलाई खबर गरेका थिए । मृतकको शव आफन्तले पहिचान गरेका छन् । “श व परीक्षणका लागि दमौली अस्पताल ल्याइएको छ”, प्रनाउ तिमिल्सिनाले भन्नुभयो ।

विवाह भएको पाँच दिनमा माइत आएकी उनी साथीहरुसँग घुम्ने क्रममा रक गार्डेनमा पुगेकी थिइन् । त्यसक्रममा साथीहरुले उनको भिडिओ खिचेका थिए । भिडिओमा ‘पवित्रा नजा नजा’ भनेको सार्वजनिक भएको थियो । घट नाका बारेमा अनुसन्धान भइरहेको प्रह रीले जनाएको छ ।

प्रतिक्रिया