टिपर भिरबाट खस्दा दुईजनाको मृत्यु

admin

कावासोती, कात्तिक २० : नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरको विनयीत्रिवेणी गाउँपालिका–३ मा टिपर भिरबाट खस्दा बिहीबार दुई जनाको मृ’त्यु भएको छ ।

विनयीत्रिवेणी गाउँपालिका–३ भुटुकेडाँडा सल्लाघारीस्थित भित्री सडकखण्डमा होङ्सी सिमेन्ट कम्पनीबाट पाप्पाको ज्यामिरे भुटुकेतर्फ जाँदै गरेको २–०३–००१ क ००७५ नम्बरको टिपर दु’र्घटनामा परेको हो ।

भिरबाट करिब तीन सय मिटर तल टिपर खस्दा चालक बारा सिमरा बस्ने ४२ वर्षीय रामहरी थापा र सहचालक सोही ठाउँ बस्ने ३५ वर्षीय राजेन्द्र चौधरीको घ’टनास्थलमै मृ’त्यु भएको जिल्ला प्र’हरी कार्यालय नवपुरका सूचना अधिकारी बिशाल तामाङले बताउनुभयो ।

प्रतिक्रिया