ट्रम्पको आदेशमा इरानी सैन्य कमाण्डर मारिए

मनिषा थापा

एजेन्सी : खाडी क्षेत्रमा अमेरिका र इरानबीच टकराव बढ्दै गएको छ । शुक्रबार विहानै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा इरानी कुदस फौजका कमाण्डर मारिएपछि टकराव बढेको हो ।

अमेरिकाले राष्ट्रपति ट्रम्पको निर्देशनमा आक्रमण गरिएको जनाएको छ । उसले भविष्यमा हुनसक्ने इरानी हमला निस्तेज पार्न आक्रमण गरेको बताएको छ ।

अमेरिकी हमलामा मारिएका कसिम सोलेमानी इरानको इस्लामक रिभलुसनसरी गार्डस कर्पस कुदस फोर्स युनिटका कमाण्डर थिए । हमलामा इरानले सहयोग दिदै आएको इराकको सैन्य समूहका दोस्रो वरियताका नेता अबु मादी अल मुहान्दिस पनि छन् । मुहान्दिस इराकी पपुलर मोबिलाइजेशन फोर्सका नेता हुन् ।

अमेरिकाले हमलाका क्रममा बगदाद एयरपोर्टमा तीनवटा रकेट प्रहार गरेको थियो । घटनामा कतिजना मारिए यकिन भएको छैन ।

प्रतिक्रिया