चितवन, १० पुस : पूर्वपश्चिम लोकमार्गअन्तर्गत रत्ननगर नगरपालिका–३ विद्युत् चोकमा ट्रिपरको ठक्करबाट आज एक जनाको मृ’त्यु भएको छ । मृ’त्यु हुनेमा नुवाकोटको बुङताङका २५ वर्षीय सुबबहादुर तामाङ रहेका छन् ।
नारायणगढबाट लोथरतर्फ गइरहेको ना६ख २३९८ नम्बरको ट्रिपरले विपरीत दिशाबाट आइरहेको बा४१प ८६४३ नम्बरको मोटरसाइकललाई ठ’क्कर दिँदा तामाङको मृ’त्यु भएको जिल्ला प्र’हरी कार्यालय चितवनले जनाएको छ ।
ट्रिपरको ठक्करबाट घाइते तामाङको उपचारका क्रममा भरतपुर अस्पतालमा मृ’त्यु भएको हो । दुवै सवारी साधन र ट्रिपर प्र’हरीको नियन्त्रणमा रहेका छन् । रासस